बिप्लव बिरूद्भ प्रहरीको आक्रमक अपरेसन !

 सरकारले नेपाल कम्युुनिस्ट पार्टीका गतिविधिलाई रोक लगाएपछि प्रहरीले सो पार्टी बिरुद्ध आक्रमक रुपमा अपरेसन चलाएको छ ।

नेकपाले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएको भन्दै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रीत गर्न मतहतका निकायलाई निर्देशन दिएको बताईएको छ ।

प्रहरीले आवश्यकता अनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्त कारबाही (अन्डर कभर)अपरेसन पद्धति अपनाएर अपरेसन सुरु गरेको हो ।

मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले काभ्रेमा कारबाही गर्दा पनि सोही पद्धति अपनाएको थियो । काभ्रेबाट नेकपाका चार जना कार्यकर्ता पक्राउ गरेको थियो । नेकपाका कार्यकर्तालाई लक्षित गरी प्रहरीले फायरिंग गरेको थियो ।