चर्चित आतंकवादी भन्दै प्रचण्ड बिरुद्ध अमेरिकामा उजुरी

 पत्नी सीता दाहालको उचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अमेरिकामा उजुरी परेको छ ।

अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबहादुर श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’विरुद्ध उजुरी हालेका हुन् ।

श्रेष्ठले अमेरिकी गुप्तचर संस्था एफबीआईमा उजुरी दिँदै दाहाललाई पक्राउ गर्न माग गरेका छन् । उजुरीमा दाहाललाई ‘परिचित आतंकवादी’ भनिएको छ । उनले ‘जनयुद्ध’को समयमा १७ हजार गरिब नेपालीको हत्या गरेको र उनको नाम अमेरिकाको आतंकवादीको सूचीमासमेत रहेकाले पक्राउ गरी कारबाही गर्नका लागि आग्रह गरिएको छ ।