प्रधानमन्त्री ओलीले विप्लवलाई कोब्रा भनेपछि…

प्रधानमनत्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द बिप्लवलाई कोब्रा सर्पको संज्ञा दिएका छन । विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरे । नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो,” प्रधानमन्त्री ओलीले भने।

‘ प्रधानमन्त्री ओलीले भने जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो– सरकारले चिन्दैन,’ ओलीले भने । प्रधानमन्त्रीले विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन नेताहरुलाई आग्रह गरे।

“नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैँलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, उनको पार्टी कही दर्ता भएको थियो र रु दर्ता छैन । 

बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने व्यक्तिलाई त्यसो नगर भनेको उनले बताए । “बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ?  ।” उनले भने

प्रधानमन्त्री ओलीले संविधानविपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताए। उनको प्रश्न थियो, ‘नेपालमा शान्ति चाहियो कि चाहिएन रु वार्ता समिति बनाएको हो, गर्दिन भनेको होइन रु सभ्य समाजले सुन्न सक्ने माग छ ?’