विप्लवको बन्दको प्रभाव सिंहदरवारमा पनि…..

विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव सिंहदरबारमा पनि परेको छ । सिंहदरबारमा कर्मचारीले बन्दकर्ताको निसानमा परिने डरले पोशाक समेत नलगाएको पाइएको छ । 

सरकारको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार गरेको ‘नेपाल बन्द’को प्रभाव परेको हाे ।

बन्दकर्ताकताको निसानामा पर्ने डरले निजातमती कर्मचारीहरु बिहीबार बिनापोशाक सिंहदरबारस्थित विभिन्‍न मन्त्रालय/कार्यालयमा उपस्थित भएका छन्। 

उनीहरुले सिंहदरवारको दक्षिण गेटमा सर्वसाधारणले झै आफ्नो सरकारी कार्यालयको कार्ड देखाएर भित्र प्रवेश गरेका थिए। यसका साथै उनीहरुले कार्यालयमा सावरीबिनै उपस्थित भएका थिए भने कोही मोटरसाइकलमा आएका थिए।