विप्लव नेकपाको बन्दले देशभर जनजीवन प्रभावित

 विप्लव नेतृत्वको नेकपाले बिहीबार गरेको नेपाल बन्दले मुलुकभर जनजिवन प्रभावित भएको छ । बन्दले राजधानीसहित देशभर प्रभाव परेको हो । 

राजधानीमा अरुदिनको तुलनामा केही कम सवारी साधन चलेपनि बन्दकर्ता सडकमा देखिँदैनन् । तर, बिहानीसत्रको अधिकांश कलेज बन्द रहेका छन् । 

यस्तै बजार उद्योग तथा कलकारखानामा पनि बन्दको सामान्य प्रभाव देखिएको छ । चोकचोकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ ।