भीम रावलप्रति लक्षित गर्दै महेश बस्नेतले भने
डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग भएको ११ बुँदे सहमतिबारे संसदमा चर्काचर्की भएको छ ।
सत्तारुढ दल र प्रतिपक्ष बिच भन्दा पनि सत्तारुढ दलकै नेताहरु बिच चर्काचर्की भएको हो । आइतबार दिउँसो प्रतिनिधिसभा बैठकमा सांसदहरूले सहमतिका कतिपय बुँदामा रहेका अस्पष्टताबारे प्रधानमन्त्रीलाई जवाफका लागि रुलिङ समेत गरेका थिए ।
यसरी कडकिए बस्नेत
नेकपाका सांसद महेश बस्नेतले भने सरकारको बचाउ गर्दै बुँदा २ मा जनमत संग्रह नै नभएको दाबी गरे। बस्नेतले भने, यसलाई दुईवटा पक्षले रुचाएको छैन। डलरबादीहरुले यसलाई विरोध गरेका छन्।उनले भिम रावल प्रति लक्षित गर्दै सेलिब्रेटी नेताहरुलाई ज्वरो आएको ब्यङग्य गरे। बस्नेतले भने हामीले सिटामोल खुवाएपछि ठीक हुनुहुनेछ। दुई नम्बर बुँदामा कहाँ जनमतसंग्रह छरु त्यस विषयमा छलफल गर्न तयार छौं।
यस्ताे थियाे रावलकाे भनाइ
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावलले सहमति नेपालको संविधान विपरीत रहेको भन्दै सहमतिका त्रुटि सच्याउन माग गरे। सीके राउतले विगतमा ओकलेका विषहरू फिर्ता लिनुभएको छैनु, रावलले भने,सरकारलाई के सुझाब दिन चाहान्छु भने सम्झौतमा भएका त्रुटिहरू सच्च्याइयोस्, यो सम्झौता नेपालको संविधान विपरीत छ।
असन्तुष्ट प्रतिपक्ष
प्रमुख प्रतिपक्षी दल र सत्तारुढ दलका नेताहरुले स्वतन्त्रत मधेश गठबन्धनका संयोजक डा।सीके राउतसँग भएको सम्झौताको कारण माग गर्दै जनमतसंग्रहको स्पष्टीकरण माग गरेका छन्। आजको प्रतिनिधि सभाको बैठकमा दुबै पक्षका सांसदहरुले जनमतसंग्रहको विषय विवादित भएको भन्दै सरकारसँग स्पष्ट पार्न माग गरेका छन्।
प्रमुख प्रतिपक्षी दलका सांसदहरु गगन थापा र डा.मिनेन्द्र रिजालले जनमतसंग्रह बारे स्पष्ट गर्न सरकारसँग माग गरे। ‘बुँदा नम्बर दुईमा शंका उठेको छ। नेपाल अभिभाज्य हो। जनमतसंग्रह गराउने सहमति भएको भनेर भनेको छ। यसबारे स्पष्टता चाहियो,’ डा.रिजालले संसदमा भने।
यसैगरी नेकपाका नेता एवं सांसद भीम रावलले पनि सम्झौतामा जनमत संग्रहको कुरा आएकोले यसबारे स्पष्ट गर्न माग गरे। उनले पुनः अर्को वक्तव्य जारी गरेर यस विषयमा स्पष्ट गर्नु पर्ने माग गरे।