भिम रावल भन्छन – सिके रावतसंगको सम्झौता नेपाली जनताको लागि आत्मघातीपुर्ण ( भिडियोसहित )

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सरकार र सीके राउतसँग भएको सम्झौता आत्मघातीपुर्ण  भएकाे बताएका छन । उनले याे सम्झाैता नेपाली जनताका लािग मृत्युपत्र भएको दावी गरेका छन् । उनले एक टेलिभिजन कार्यक्रममा बोल्दै सम्झौता दुई देशबीच भएको सहमति जस्तो भएको र राउतले जनमत संग्रह गर्न सरकार तयार भएको भन्ने कुरा आपत्तिजनाक भएका बताए । यदि सरकार राउतले भनेझैं जनमत संग्रह गर्न तयार भएकै हो भने सम्झौता मृत्युपत्र सरह भएको रावलले बताए ।

अन्तरवार्ताको क्रममा रावलले सीके विगतमा राष्ट्रविरोधी र पृथकतावाद गतिविधि त्याग गरेको भन्ने नभएको बताउँदै सरकारले स्वतन्त्र मधेसको मान्यता दिएर ठूलो भुल गरेको बताए । उनले राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको मान्यतालाई कुनैपनि किसिमले कुण्ठित भएको र कमजोर भएको कुरालाई स्वीकारगर्न नसकिने बताए ।

हेर्नुस भिडियाे