जब बाजुरा जिल्लामा संगठनको अध्यक्ष भएर गएँ

एक भुमिगत महिला नेतृको सशक्त अनुभुति

जनयुद्धले आफ्नो गतिलाई उत्कर्षमा पु¥याउदै थियो हामी भने रणनैतिक सन्तुलनको तयारीमा जुटेका थियौँ । हाम्रो तयारी पनि फौजी र राजनैतिक हिसाबले मानसिक तयारीलाई पनि त्यो जनयुद्धको तयारीसँगै लिईरहेका थियौ । हामीले यो बिचमा आफ्नो जीवनको कुनै पनि प्रबाहा नगरी जनयुद्धको तयारीसँगै आफुलाई निरन्तर रुपमा जनयुद्धको आधिबेहेरीमा हाम फाल्नको लागी हामी एक अर्कामा मानसिक रुपमा तयारी गरीरहेका थियौ । किनकी यो बिचमा हामीलाई हामी को हौ र के का लागी जनयुद्धमा लागी परेका छाँै भन्ने राम्रोसँग थाहा भैसकेको थियो ।

परिस्थीतिको सामना गर्न लागी हामीलाई त्यो समयमा त्यति गाह्रो परेको थिएन । आफ्नो बर्गकाे लागी जीवनको कुनै पनि लेखाजोखा गरेका पनि थिएनौँ । किनभने हामीलाई ब्यक्तीगत भन्दापनि देशको मुक्ति चाहिएको थियो । हामीलाई आफ्नो अस्तित्वको कुराले सधैभरी छोईरहेको हुन्थ्यो । परिस्थीतीको सामना गर्नको निम्ती पनि पार्टीको आदेशलाई पालना गर्नको लागी म लगायत केहि साथीहरुलाई अब अर्को आधार भुमी तयार बनाउनको लागी कालीकोटको पार्टीले कार्यक्षत्रलाई बदलेर मलाई बाजुरामा सरुवा गरको थियो ।

बाजुरामा सरुवा हुनुमा मैले कालीकोट जिल्लामा हुँदा संगठनमा देखाएको कौशलताले नै थियो । किनकी कालीकोटमा हुँदा मैले पार्टीको आदेशलाई इमान्दार पुर्बक मानेकी थिए ।े इमान्दारीतालाई मैले माओबादी आन्दोलनकोे कुनै पनि जग नभएको ठाँउमा गएर फेरी आफनो क्षामता प्रर्दशन गर्नु थियो । त्यो बेलाको हाम्रो संकल्प भनेको नै संसारलाई मुक्ति दिलाउने अभियानको सुरुवात गरेका थियौ ।

त्यसैले पनि मलाई त्यो भुमी छोडेर जानको लागी त्यति अप्ठ्यारो भएको थिएन । लाग्थ्यो यो समयमा संसारलाई मुक्ति दिलाउन सकेनौ भने हामी लागेको अभियान पनि अधुरो जस्तै होला भन्ने मनमा अनेक कल्पनाहरु खेल्न थालेका थिए । त्यसैले पनि मैले यो जिम्मेवारीलाई सहर्ष स्वीकार गरी म त्यो कालीकोटको संगठनमा बिताएका दिनहरुलाई बिट मार्दै आफुले चाहेको भन्दा पार्टीको आदेशलाई मानेर कालीकोट छोडेर बाजुरामा सरुवाको पत्र लिएर मनमा अनेक कल्पनाहरु बुन्दै त्यो भुमी तिर लागे । मैले एउटा बाचा गरे कालीकोटको भुमिमा जसरी मैले आफ्नो कौसलतालाई प्रर्दशनमा ल्याएकी थिए । त्यसरी नै त्यो सरुवा भएर जाने ठाँउमा पनि आफुलाई अब्बल संगठकको सिपाहीको रुपमास्थापित गरेर छोड्ने बाचा गरे ।

त्यो बेला प्रतिक्रियाबादी सत्ताको पनि बाक्लो उपस्थीती थियो । हामीलाई सहज तरिकाले त्यो ठाँउमा संगठन स्थापना गरेर जानको लागी त्यत्तिकै चुनौती थियो । बाजुरामा मात्रै त्यो अबस्था थिएन । कालीकोटमा पनि त्यो अबस्था झेलेर आएकोले मलाई अनुभब नौलो लागेन किन हामीले त्यो समयमा मृत्युलाई जितिसकेका थियौ ।

दिनहरु त्यति सजिला थिएनन् किनकी कालीकोटको भुमिमा मैले धेरै कुरासँग संघर्ष गरेर आफ्नो संगठनलाई स्थापित गरीसकेकी थिए । अबका दिनहरुमा कालीकोटको जसरी जनताको माया पाउन सकुला या नसकुला त्यो भने आउने दिनहरुले मलाई परिक्षाले देखाउला आज भने म आफ्नो संकल्प यात्राको एक इमान्दार सिपाहीको रुपमा आफुलाई सम्झीन्छु । आज फेरीपनि अर्को जिम्मेवारीमा पुगको महसुुुुस त भयो तर त्यो जिम्मेवारीलाई पुरा गर्न सक्छु या सक्दैन त्यो भने मेरो बाजुरा बसाईका दिनहरुले बताउने छन् । त्यो सबै समयको पखार्लमा छोडेर आफु निरन्तर अभियानको यात्रामा लागीरहेकी छु । जब जब आफुलाई त्यो समयमा अनेक चोटी परिक्षणको रुपमा स्थापितको गर्नको लागी प्रयास गरिहेकी थिए । त्यो बेलामा भने मैले आफ्नो विराशत पुनः यात्रालाई अनेक चोटी सम्झीएर ल्याउने गरेकी छु । जीवन आफना लागीे बाच्न छोडिसकेकी थिए ।

मैले मेरो समाज र मेरो बर्गको निम्ती बाच्नु थियो । समाज त्यो समयमा मैले भने जसरी परिबर्तनको यात्रामा लागीरहेको थिएन । म कालीकोट हुने बेलामा गरेका सहयात्रीहरु बिचका प्रतिबद्धताहरु मैले फेरी त्यो भुमीमा पनि देखाउनु थियो । लाग्थ्यो आजको यो समयमा मैले जसरी यो परिबेशसँग संघर्ष गरकी थिए । त्यसरी बाकी दिनहरु पनि मेरो त्यो संघर्ष चलिरहने छ । म त्यो कुरामा आफुलाई उभ्याइरहेकी थिए । अबका दिनहरु बाजुरामा बिताउने लक्ष्यका साथ म कालीकोटको त्यो आधार भुमी छोडेर बाजुराको अपरिचित भुगोल तिर लागे ।

जब कालीकोट छोडर बाजुरामा आँए बाजुरामा माओबादी जनयुद्धको प्रभाब सामान्य थियो । माओबादीलाई बाजुराको जनताले नजिकबाट चिनेका थिएनन् । सुरुका दिनहरुमा जसरी कालीकोटमा संघर्ष गर्नु परेको थियो । ती दिनहरु फेरी बाजुरामा मैले सुरु गर्नु प¥यो किनकी बाजुरामा माओबादीले त्यो समयमा आफ्नो उपस्थीतीलाई बाक्लो रुपमा जनाउन सकेका थिएनन् । हाम्रो पार्टीको लक्ष्य भनेको नै देश भर माओबादीको जनयुद्धको प्रभाबमा देशमा नयाँ जनबादी सत्ता स्थापना गराउने लक्ष्य थियो । त्यो अभियानमा हामी पनि लागेका थियौ । तर परिस्थीती भने सजिलो थिएन ।  त्यो बेला प्रतिक्रियाबादी सत्ताको पनि बाक्लो उपस्थीती थियो । हामीलाई सहज तरिकाले त्यो ठाँउमा संगठन स्थापना गरेर जानको लागी त्यत्तिकै चुनौती थियो । बाजुरामा मात्रै त्यो अबस्था थिएन । कालीकोटमा पनि त्यो अबस्था झेलेर आएकोले मलाई अनुभब नौलो लागेन किन हामीले त्यो समयमा मृत्युलाई जितिसकेका थियौ ।

त्यसैले पनि मलाई यो चुनौतीसँग भिड्नको लागि खासै अप्ठ्यारो भएको थिएन । आफुलाई जसरी भएपनि कालीकोटको भुगोलमा देखाएको कौसलतालाई बाजुरामा प्रस्तुत गर्न चाहान्थे र त्यो चुनौतीलाई सहज ढंगले लिएकी थिए । मलाई के ज्ञान थियो भने मेरो पुस्ताले यो महान जनयुद्धलाई जसरी पनि देशैभरी स्थापित गरेर नयाँ सत्ता स्थापना गरेर जावस । यसोत हाम्रो जनयुद्धलाई सत्ताको परिकल्पनाको रुपमा लिएका थियौ ।

त्यसैले पनि त्यो समयमा मैले आफुलाई भन्दा आफ्नो लक्ष्यलाई माथि राखेर हेरेकी थिए । मेरो यो लक्ष्यले गर्दा पनि आफुलाई आफै देखी जित्नको लागी गाह्रो भएको थिएन । अब बाजुराको दैनिकीलाई पनि कालीकोटको दैनिकी जस्तौ जनयुद्धको यो भुमरीमा हराभरा बनाउने लक्ष्य लिएकी थिए ।

म आफैले पनि यो समयमा जनयुद्धलाई राम्रोसँग बुझेकी थिए । किनकी जनयुद्धले प्रत्येक बर्ष आफ्नो गतिलाई परिबर्तन गरेर लिएको थियो । हाम्रो फौजी कारर्बाहि होस या राजनैतिक संगठनका कामहरु हुन् यो सबै समय परिबर्तनसँगै हाम्रो जनयुद्धको गतीले पनि परिबर्तन हुदै लिएको थियो । हाम्रो फौजी र राजनैतिक गतिबिधीले प्रतिक्रियाबादी सत्तालाई साँघुरो घेरामा परेको महसुुुस गरिरहेको थियो ।

त्यो समयमा प्रतिक्रियाबादी सत्ताका फौजी अखडाहरु दिन प्रतिदिन साघुरिदै गएका थिए । हामी भने आफ्नो उपस्थीलाई बाक्लो रुपमा जनाउदै गएका थियौ । जब बाजुरामा म सरुवा भएर कालीकोटबाट आएकी थिए । त्यो बेलामा प्रतिक्रियाबादी सत्ताका फौजी अखडाहरु बाक्लो रुपमा फिजिएका थिए । जब हाम्रो त्यो ठाँउमा उपस्थीती बाक्लो रुपमा जनाउन थाल्यौ । अनीे सरकारले पनि आफ्नो फिजीएका पखेटाहरु बिस्तारै कम गर्दै गएको थियो । त्यो भएर पनि हामीलाई त्यो समयमा आफ्ना संगठन बिस्तारका कामहरुलाई अगाडि बढाउनको लागी सजिलो भएको थियो । मलाई अहिले पनि सम्झना छ त्यो समयमा हामीलाई दुस्मनको अबरोधले कुनै पनि असर पारेको थिएन । किनकी हामी आफु आफ्नो मृत्यु देखि जितीसकेका थियौ । त्यसैले पनि हामीलाई त्यो समयमा दुस्मनका काडेतार तोड्नु भन्दा सत्ता खोस्नुको मोहले लोभ्याएको थियो । त्यसैले हामीलाई जीवनमा हाम्रो पुस्तालाई पुलिस चौकी र त्यो सानो अबरोधले हाम्रो जीवनमा असर गरेको थिएन ।

कालीकोटमा हुदाका दिनहरु मेरो अनुकुलतामा बितेका थिए । सुरुका दिनहरुमा मैले त्यो समयसँग हिडाउनको लागी कठिन भएपनि पछिका दिनहरुमा त्यो समयसँग भिज्नको लागी खासै गाह्रो परेको थिएन । जब हामीले आफ्नो उपस्थीतीको लागी र जनतासँग भिज्नको लागी आफु निरन्तर रुपमा लागी परेका थियौ । त्यो समयले पनि हामीलाई र हाम्रो पुस्तालाई आफ्नो अभियानमा हिड्नको लागी सजिलो भएको थियो । कालीकोटको भुगोलमा त हामीलो आफ्नो सत्ता स्थापना गरेर आफुले सत्ता प्रमुख भयर आफ्नो सत्ता संञ्चालनका दिनहरु बिताउन सुरु गरिसकेका थियौ ।

तर बाजुराको भुगोलमा सजिलो थिएन । जती जनयुद्धले आफ्नो लोक प्रियता कमाउदै थियो त्यति त्यति हामीलाई उपलब्धीको रक्षा गर्नको निम्ती चुनौती थपिदै थियो । जब जब बाजुराको भुमीमा म लगायत केहि साथिहरु त्यो ठाँउमा गयौ तब तब त्यो ठाँउमा हामीले त्याहाँको स्थानिय कार्यकर्ताहरु उत्पादन गरेर जनयुद्धको प्रभाबलाई झन जनता माझ फैलाउनु थियो ।

म आफुलाई फेरी एक जिम्मेवार क्याडरका रुपमा सम्झीदै थिए । कालीकोटमा हुदा त मैले महिला संगठनको जिल्ला सचिबको भुमिकामा आफुलाई उभ्याएकी थिए । जिम्मेवारी पनि त्यो खालको थियो अब कालीकोटको जस्तो मेरो भुमिका बाजुरा जिल्लामा रहने छैन किनकी बाजुरामा त म जिल्ला अध्यक्षको रुपमा आएकी छु ।

त्यसैले पनि कालीकोट भन्दा फरक केही गरेर देखाउनु छ । त्यसैले पनि म आफुलाई परक जिम्मेवारीमा राखेर हेरेकी छु । यो समयमा त हामीलाई त भोक प्यास भनेको सामान्य कुरा भैसकेको थियो । लागेको छ अबको केहि बर्षमा त हामीले देख्न नपाए पनि हामीले स्थापनाको गरेको सत्तामा हाम्रो पुस्तालाई भने झुमाउन सकौला भन्न हाम्रो लक्ष्य थियो त्यसैले यो अभियानमा नथाकेकी अनबरत लागिरहेकी छु ।
म सोचिरहेकी थिए आजको दिनमा हामीले स्थापना गर्न लागेको त्यो सत्तालाइ भोलीको हाम्रो पुस्तालाई आफ्नो अधिकारको निम्ती भनेर बुझाउन सक्छौ या सक्दैनौ यो त चुनौतीको रुपमा अगाडी आएको छ । त्यो बेला कालीकोटको भुगोलमा भोगेको अनुभुती भन्दा अबका अनुभुतीहरु प्।mरक हुदै आएका छन् । मानौकी उहिलेका ती अनुभुतीहरु आजको जस्तो गरेर सजिलो तरिकाले सोच्न सक्ने अबस्थाको थिएनन् ।

ती दिनका दिनचर्याहरु भन्दा आजका दिनचर्याहरु फरक तरिकाले बदलिएका छन् । मानौँ आजको यो दुनियाँमा हामीहरु संसार जित्नको लागी अभियानमा जसरी लागेका छौ त्यो अभियानमा भोलीका दिनमा यसरी सधै भरी समय र परिस्थीतीले लागीरहनको लागी संयोग समयले नजुराई दिन सक्छ । त्यसैले पनि आज म यो समयसँग लुकामारी गरिरहेकी छु यो यात्रा भित्रका अनेक अनुभुीतीहरु हुन् ।
यो यात्राको बिचमा हामीले आफ्नो सत्ता स्थापनाको निम्ती भनेर आफ्नो जसरी जीवनको महत्वपुर्ण घडिलाई आन्दोलनको निम्ती भनेर म र मेरो पुस्ताले यो परिबर्तनको यात्रामा लागाईरहेका छौ यो हाम्रो निम्ती सौभाग्यको कुरा हो । त्यसैले आज मैले आफुलाई यो समयमा पुस्ताको जिम्मेवार नागरीक हु भन्ने सम्झीदै यात्रामा निरन्तर लागीरहकी छु ।

जनयुद्धको गति आफ्नो रप्तारमा बढिरहेको थियो हामी पनि त्यो जनयुद्धको रप्तारसँगै आफुलाई अगाडी बढाई रहेका थियौ । किन हामीले जनयुद्धको लक्ष्य प्राप्तीको निम्ती भनेर आफ्नो ब्याक्तिगत सपनाहरुको सबै आसा मारेको यो परिस्थीतीमा मैले आफुलाई आन्दोलनको अगाडी आफुलाई कहिल्यै पनि उभ्याउन खोजीन किनकी हामीसँग बर्ग मुक्तिको सपनाले रात निदाउन पनि दिएको थिएन । यात्राको बिचमा हामीहरुले हाम्रो जितको निम्ती भनेर कैयोै पटक खुसियाली मनाएको त्य क्षण अहिले पनि मेरो मानसपटलमा नाचिरहको हुन्छन ।

किन जनयुद्धको आधारभूमीले बेला बेलामा जितको सन्देश दिईरहेको हुन्थ्यो । हामीले जित हासिल गर्ने क्षेत्रहरु भनेको नै हाम्रा आधार क्षेत्रहरु हुने गर्दथे त्यसैले पनि त्यहि आधारभुमीबाट हामीहरु विजयको सन्देशको पखाईमा हामीहरु बसिरहेका हुन्थ्यौ । त्यो बेलाका ती जितहरुले नै हामीहरुलाई आन्दोलनमा लागीरहनको लागी प्रेरणा दिईरहेको हुन्थ्यो । जब जब जनमुक्ति सेनाको सफल फौजी कारर्बाहिको हामी पर्खाईमा हुन्थ्यौ । तब तब हामीले आफ्नो बिजयको खुशि साट्ने आत्मीय आधार क्षेत्रका मनहरु नै हुन्थ्ये । त्यो समयमा हरेकचोटी मेरो आधार क्षेत्रलाई दुस्मनको अखडाबाट पनि कैयौ पटक सम्झीएकी छु ।

जब दुश्मनको घेरामा परियो

यो समयमा दुख अनेकौ भोगियो तर दुखबाट हार भने खाइएन यो हाम्रो जीवनको लागी नै जित थियो । म बाजुरमा सरुवा भैसकेपछि पहिलो पटक दुस्मनको घेरामा परेकी थिए । त्यो दिन हामी कार्यक्रमको सिलसिलामा बाजुरामो जेरामा रातीको समयमा पुगेका थियौँ । किनकी त्यो ठाँउमा हामीले आफ्नो संगठनलाई बलियो रुपमा स्थापित गर्नु थियो । त्यसैले पनि हामीले आफ्ना लागी सोच्ने त्यो समयमा समय थिएन । त्यहि सोचका साथ हामीहरु त्यो दुस्मनको आड्डाको रुपमा चिनीने गरेको जेरा भन्ने ठाँउमा पुग्यौ । रातीको अबेर समयमा पुग्यौ । दिनभरीको संगठन निर्माणको कामले थकानले थला परेको ज्यान राती गाँउमा पुगिसकेपछि केहि साथीहरुलाई सेन्टी राखेरे गाँउम खाना जेनतेन खाएर सुतिहेका थियौ । 

सेन्टी कमजोर भएरपनि होला सेन्टीको आखाँ छलेर दुस्मनले हामीलाई त्यो राती घेरा हालीसकेको रहेछ । हामीलाई पत्तो नै भएन । जब हामीहरु सुतिरहेका थियौ अनि हामी पुगेको ठाँउमा केहि साथीहरुले हामीहरु दुस्मनको कब्जामा परेका छौ भन्ने अनुमान गरियो । अब यो दुस्मनको कब्जाबाट कसरी निस्कीने भन्ने योजनामा हामीहरु लाग्न थाल्यौ । तर त्यो समयमा मैेले अब बाचिएला र आन्दोलनमा फेरी योगदान पु¥याउला भन्ने कल्पना समेत गर्न सकेकी थिईन । किनकी म लगायत धेरै साथिहरु दुस्मनको कब्जामा परिसकेका थियौँ । जीवनको बाच्ने आश अन्तीम चरणमा पुगिसेका थियो ।

हामीहरु बिच गाँउमा थियौँ । दुस्मनले हामीलाई नै निसाना बनाएर यो गाँउलाई घेरा हालीसकेको रहेछ । मैले दुस्मनको अगाडि आजको यो दिनबाट हाम्रो ज्यान यहि बाजुराको जेरा भुमीसम्मको लागी हुने भयो भन्ने कल्पना गरिहेकी थिएँ । किनकी देश परिबर्तनको लागी भनेर आन्दोलनमा लागेकी थिए । मलाई यो पनि थाहा थियो । क्रान्ति बाचेर हुन्छ मरेर हुदैन मरेर त बलिदानी हुन्छ ।

त्यसैले हामीले क्रान्ती जित्नको लागी त हामीले बाचेर नै जित्नुपर्छ भन्ने मलाई थाहा थियो । यति थाहा हुदाँहुदै पनि मैले दुस्मनको घेरा देखिसकेपछि हामी यो घेराबाट बाचेर जाउला भन्ने कल्पनासम्म गर्न सकेकी थिईन । तर आईपरे पछि बलिदानी गरेर भए पनि आफ्नो र पार्टीको अस्तीत्व रक्षाको लागी यो भुमीमा बलीदानी दिनु पर्छ भन्ने जीवनको अन्तीम निर्णयमा पुगिसकेकी थिए । जब कमरेड सुन्दर लगायतका साथीहरुले दुस्मनको त्यो घेरा तोड्ने योजना बनाउनु भयो । अनि हामी त्यो घेरा तोड्नको लागी सफल भयौ । हामीले जब दुस्मनको घेरा तोड्यौँ । अनि हामी खुला आकाशमा आएको अनुभुती भयो लाग्थ्यो त्यो घेरा नतोडुन्जेलसम्म त हामीले आजको दिनमा यो भौतिक शरिरलाई बाजुराको यो जेरा सम्मलाई मात्रै लिएर आएका रहेछौ भन्ने अनुभुती हुदै थियो ।

हामीले त्यो घेरा ताडेर त्यो गाँउबाट भाग्दै गर्दा दुस्मनले हाम्रो पछाडी अनगिन्ती फायरिङ गरेर हजारौ गोलिको खर्च गरेको थियो । त्यो हजारौ गोलीको भिडबाट पनि हामी त्यो क्षणमा बाच्नको लागी सफल भयौँ । जीवनको र गोलीका जम्काभेट त्यो पहिलो थियो । त्यो भन्दा अगाडि पनि हामी अछाम मंगलसेन लडाईको अनुभुती त थियो । तर हामीहरु त्यो समयमा हतियार बिना नै दस्मनको अगाडि उभिएका थियौ । तर पनि हामीले हाम्रो लडाई जितेको अनुभुती गरेका थियौ ।

किन हामीले त्यो समयमा दुस्मनको त्यो घेरा ताड्नु पनि ठुलो युद्धको जित हासिल गरे जत्तिकै हामीले त्यो गाँउमा हामी माओबादी हुनुको पहिचान दिनु थियो । त्यो बेला हतियार बिनाका माओबादी पनि साहाशी हुदा रहेछन् भन्ने त्यो गाँउमा छाप छोड्न सफल भएका थियाँै । जनताको मन जितेर त्यो घेरो तोड्न सफल भएको त्यो क्षण अहिले पनि सम्झीन लायक बनेर आउछ ।

त्यो बेला बाजुराको माथिल्लो भाग कालीकोटसँग जोडिएको थियो । पार्टीको संरचनामा बाजुराका हरेक गतिबिधीहरु कालीकोटको भुगोल लाई आधारभुमी बनाएर गर्ने गरिन्थ्यो त्यहि संरचनामा हामीहरु पनि पार्टीको आदेशलाई लिएर त्यो भुगोलमा खटिएका हुन्थ्यौ । दूस्मनको घेरा तोडेको लगत्तै हामीहरु पार्टीको आन्तरिक प्रशिक्षणको लागी कालीकोटको लालुमा आउनु पर्ने थियो । हामीहरु केहि साथीहरुलाई बाजुरामा छोडेर कालीकोट तिर लाग्यौ हामीले राजनैतिक हिसावले परिपक्क हुनको लागी हामीलाई पार्टीको प्रशिक्षणाको आबाश्यकता हुन्थ्यो ।

हामीले गरेका कामहरुको समिक्षा पनि त्यो समयमा गरिन्थ्यो त्यसैले पनि हामीहरु केहि दिनको लागी जनयुद्धको आधार भुमि कालीकोट तिर लाग्यौँ । त्यो समयमा जनयुद्धका सहयात्रीहरु बिच भेटघाट गर्ने निहु पनि हुन्थ्यो साथिहरु बिच भलाकुसारी सँगै हामीहरु जनयुद्धको निम्ती पु¥याएको योगदानको बिषयमा पनि गम्भीर रुपमा सहयात्रीहरु बिच छलफल गर्ने गथ्यौँ ।

त्यो सम्झीदा यस्तो लाग्यो दुस्मनले त्यो समयमा दिएका सबै पिडाहरु हामीले साथिहरुको भलाकुसारी मै बिताउने गरेका हुन्थ्यौँ । ती दिनहरुले भर साथीहरु सँग भेटघाट नभएको लामो समय पछिका भबानात्मक सम्बन्धहरुले हामीलाई यो यात्रामा झन उर्जा थपेको अनुभुती हुदै थियो । हामीले यो यात्राको बिचमा यस्तै यस्तै पार्टी र साथीहरुको बिचमा छलफल गरेका हुन्थ्यौँ । प्रत्यक भेटमा हामीले आफुलाई एक साथीको भरोसाले अर्को साथीलाई झन बलीयो बनाएको अनुभुती हुदै गएको आभास भैरहेको हुन्थ्यो । त्यो कालीकोटको प्रशिक्षणको बेला हामीले बाजुरामा गरेका सांगाठानिक अनुभुतीहरु पार्टीको जिम्मेवार साथिहरुलाई सुनाई सकेपछि कालीकोटमा हामीबाट केहि सिक्नको लागी साथिहरु हामी नजिक आउन थाल्नु भयो ।

हामी जतीबेला बाजुरा जान लागेका थियौ त्यो बेला बाजुरामा हामी र हाम्रो संगठनको कुनै पनि उपस्थीति थिएन जब हामीले जिम्मेवारी लिएर गयौ छोटो समयमा नै हामीले त्यो क्षेत्रमा आफ्नो गतिबिधीहरु अगाडि बढाएका थियौ हाम्रो सांगाठानिक प्रगती देखेर धेरै साथिहरुले त्यो समयमा हामीलाई बधाई दिनु भएको थियो । दुस्मनको अखडाको रुपमा चिनिएको त्यो बाजुरा जिल्ला हामी त्यो भुगोलमा पुगिसके पछि हामीले दुस्मनलाई आफ्नो क्याम्पको नजिक मात्रै सिमित गरेका थियौ । तर हरेक बेला दुस्मनको घेराको सामना भने हामीले गर्नु नै प¥यो त्यो चुनौतीको बाबजुत पनि हामीले आफ्नो सफलतालाई अगाडि बढाएर नै छोड्यौ । कालीकोटको त्यो प्रशिक्षणमा हामीले पार्टीको समिक्षा र आगामी प्रगती बारे हामीले पार्टीलाई सुझाबा दिएका थियौ । जे होस् यो पार्टीको जमघट मेरो लागी र समग्र हामी पार्टी कार्यक्रताको लागी प्ररणादायीक नै बनेको थियो ।

यो कार्यक्रममा कमरेड बिश्वप्रकाश सँग मेरो भेट पुन भयो । यो भेटघाट हाम्रो लागी लामो समय पछिको भेटघाट थियो हामीले यो भेटघाटमा छलफल पनि अलि गम्भीर तरीकाले गरेका थियौ । पार्टिको याजनाको स्प्रीट समात्नु नै हामीहरुको मुख्य उदेश्य थियो त्यसैले पनि हामीले पार्टिको जिम्मेवारीलाई नै स्वीकार्नु पर्ने मुख्य हामीहरुको लक्ष्य थियो र हामीले आफ्नो छलफललाई पनि जीवनको बारेमा नयाँ मोड लिने हिसावले हामीले छलफल गरेका थियौ बाकि त पार्टीको जिम्मेवारीलाई बहन गर्ने हाम्रो मुख्य लक्ष्य थियो ।