यसरी मनायो टुँडिखेलमा नेपाली सेनाले सैनिक दिवस

नेपाली सेनाले शिवरात्री तथा सेना दिवस विशेष कार्यक्रम गरी मनाएको छ । सेनाले सोमबार दिवसका अवसरमा सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सैनिक कवाज, हतियार तथा उपकरण प्रदर्शन, ब्याण्ड, विशेष फौज लगायतका प्रदर्शन गरिएको थियो । यस्तै सेनाले प्यारासुटका माध्यमबाट फ्रि फल जम्पको समेत प्रदर्शन गरेको छ । कार्यक्रममा ७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, उपसभामुख मन्त्रीहरु लगायतको सहभागिता रहेको थियो । दिवसका अवसरमा कला कौशलमा उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिएको थियो ।