पोष्टमार्टम ढिलाईका कारण, टुँडिखेलको श्रद्धान्जली सभा स्थगित
प्रकासित मिति : २०७५ फाल्गुन १५, बुधबार २३:३४
प्रकासित समय : २३:३४
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द अधिकारीको शव श्रद्धान्जलीका लागि शुक्रबार मात्र टुडिखेलमा राखिने भएको छ। पोस्टमार्टममा समय लाग्ने भएपछि श्रद्धान्जली शुक्रबार बिहान ८ बजे राखिने बताइएकाे छ ।
ताप्लेजुङमा बुधबार भएको हेलिकप्ट दुर्घटनामा परी ज्यान गुमाएका सबै सात जनाको शव पोस्टमार्टमका लागि बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पताल ल्याइ पुर्याईएको छ। टुडिखेलमा श्रद्धान्जली सभापछि अधिकारीको शव उनको गृहनगर पोखरा लगिने कार्यक्रम छ।