नेपालगञ्ज र मधेशी समुदाय

तपाँइ यसरी बुझनु हुन्छ  ?

नेपालगञ्ज सबैभन्दा गर्मी हुने ठाँउ
नेपालगञ्ज भयाहरुको बाक्लो उपस्थीती भएको ठाँउ
नेपालगञ्ज सिमानासंग जोडिएको क्षेत्र
नेपालगञ्ज औद्योगीक क्षेत्र
कृषीजन्य जमिन भएको क्षेत्र
मध्य तथा सुदुरपश्चिमको ब्यवसायको मुख्य केन्द्रबिन्दु
यस्तै यस्तै ढंगले बुझने गरिन्छ र चिन्ने गरिन्छ ।

तर पछिल्लो समय ति थुप्रै कुराबाट परिचित नेपालगञ्ज सुनसा नबनेको छ । सिमानाका जंगे पिल्लर मधेशी समुदायको न अस्तित्व कायम छ न मध्य सुदुर पश्चिमका ब्यवसायीहरुको मनको आज्ञाकारी केन्द्र बनेको छ ।  काठमाडौँ पछिको राजनितिको केन्द्र नेपालगञ्ज यतिबेला स्तब्ध छ । मुलुकले ठुलो राजनितिक संघर्ष पछि गणतन्त्र प्राप्त गरेको छ । अझ यसो भन्दा उचित होला राजाको प्रत्यक्ष शासन सकियर संघिय गणतन्त्र नेपाल घोषणा भैसकेको छ । यहाँसम्मा पुग्दा बिभिन्न रुपका आन्दोलनहरु सिथिल भैसकेका छन । यो या त्यो बाहानामा भएका आन्दोलनको एउटै उदेश्य थियो मुलुक परिर्बतन हुनु । जनताको जनजिबिकाका सवालहरु सापेक्षीत रुपमा संबोधन हुनु ।  दश बर्षे जनयुद्धले ल्याएका तरगंहरुले गरेको परिर्बतनमा नेपालका उपेक्षित क्षेत्र समुदाय बर्ग सबै सबै परे ।

गुमराहमा नेपालगञ्ज

पछिल्लो समय नेपालगञ्ज गुम्राहमा परेको छ । स्पष्ट अडान नभएका र तर्कलाई बस्तुगत ढंगले अगाडि लिन नसक्ने नेतृत्व भएका कारण अप्ठयारोमा परेको छ । मैले यसो भन्दै गर्दा कुनै दलका नेता कार्यकर्ताहरुलाई इंगित गर्न खोजेको भने हैन । राजनितिका ज्वारभाटाहरुले ल्याएका उतारचढाबपुर्ण छालहरुमा नेपालगञ्जले खेलेको भुमिका र पाएको सार्थकताका बिषयमा थोर बहुत खुल्न चाहेको हुँ । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर क्षेत्रीय कार्यालयहरु सुर्खेत सार्ने उर्दी जारी गरेसँगै कमजोर बन्न थालेको नेपालगन्ज पछिल्ला दिनहरुमा हरेक ठूल्ठुला राजजीतिक परिवर्तनपछि निरन्तर कमजोर र उपेक्षित सहर बनिरहेको छ । यसको अर्को ज्वलन्त उदाहारण हो आफनो अस्तित्वलाई थाँति राखि ५ नं प्रदेशको पुछर बन्नु ।

संघीयता कार्यान्वयनको यो शिलशिला प्रदेश निर्माण गर्दा नेपालगन्जलाई थप कमजोर र निरीह पारियो । कर्णालीदेखि सुर्खेतसँगको सम्बन्धलाई तोडेर नवलपरासीसम्म जोडेर प्रदेश बनाइयो । जसका कारण नेपालगन्ज यतिबेला भूमिकाविहीन अवस्थामा पुगेको छ ।
केहि नेता तथा राजनितिक कार्यकर्ताहरुलाई मनको चाह पुग्यो होला समग्र बाँके, बर्दियाबासी जनसमुदायलाई निल्नु न ओकल्नु भएको छ । डेढ दशक पहिलेसम्म पश्चिम नेपालका २४ जिल्लाको केन्द्र, नेपालकै प्रमुख औद्योगिक र व्यापारिक सहर नेपालगन्ज अहिले आुफनो अस्तित्व धान्न हम्मेहम्मे भएको छ यस्तो हुनुको पछाडि रहस्य त अबश्य छ नै । बिकास र समृद्धका प्रशस्त सम्भावना हुँदाहुँदै पनि किन नेपालगन्ज टर्दैटर्दै गयो बुद्धीजिबीहरुले सोच्नुपर्ने अबस्था आएको छ ।

नेपालगन्जको सर्वागिन विकाससँग जोडिएको सुक्खा बन्दगरगाह निर्माण सुरु भएको यतिका बर्ष बितिसक्दा पनि अपलत्र अवस्थामा छ । नेपालगन्ज विमानस्थललाई स्तरोन्नति गरेर अन्तर्रा्ष्ट्रिय स्तरको बनाउने काम बालुवामा पानी खन्याए झैँ भएको छ ।  नेपालगञ्जलाई विशेष औद्योगिक क्षेत्र निर्माण गर्ने कार्य चिया चौतारीमै सीमित छ । अहिलेकै अवस्थामा आगामी पछिल्लो समय दृढ इच्छाशक्ति र प्रस्ट भिजन भएका राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने नेता नेपालगन्जले पाउन सक्ने सम्भावना निक्कै न्युन छ । राजनीनिक पहुँच र प्रभावबिना अब नेपालगन्जले विकास र समृद्धिको बाटोमा फड्को मारेर आफ्नो पुरानो विरासत फर्काउन सक्ला ? सबैका सामु प्रश्न चिन्ह खडा हुन्छ ।

निरिह मधेशी समुदाय

कुनैपनि नेपालीको मुखमा झुन्डिएको सजिलो शब्द हो भया सानो ठुलो जो सुकै होस सजिलै भनिन्छ भया ‘नेपालमा मधेशीसँग विभेद छैन’ भन्छन् वास्तवमा हो पनि । मधेशीसँग विभेद होइन रंगभेद छ । छालाको रंग र बनावटको आधारमा मधेशीसँग व्यवहार गरिन्छ । उनिहरुको सिप ज्ञानसंग सरोकार राखिदैन ।

नेपालमा पृथ्वीनारायण शाहको एकीकरणदेखि नै अर्थात् करिब साढे दुई सय वर्षदेखि आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिकरुपमा मधेश शोषित र अपहेलित हुँदै आइरहेको छ । अर्थात् संस्थागत रुपमा विभेदको शिकार हुँदै आइरहेको छ । पछिल्ला चरणमा भएका बिभिन्न राजनितिक आन्दोलनले मधेशी समुदायलाई जाग्रुक त बनाएको छ तर सम्हाल्न सकेको भने छैन ।

मधेशी जनताको नाममा नारा भजाएर खाने मधेशीदलहरु आफनो कुर्सिको दौडमा छन उनिहरुलाई मधेश दुख्दा या रुँदा बाल मतलब छैन । भारतियहरुको गुलामी गर्न निमार्ण गरिएका उनिहरुका कोठे दलहरुले मधेशी समुदायको पिडा न हिजो संबोधन गर्यो न आज गर्दैछ न भोली गर्नेछ ।

सबैले यो बुझ्न जरुरी छ कि तराई मधेशलाई नजरअन्दाज गरी न यो मुलुकमा समृद्धि सम्भव छ न दिगो शान्ति सम्भव छ । तराई मधेशलाई इङ्गेज गर्ने यहाँको सर्वा्ङ्गिन विकास अपरिहार्य सर्त हो । तराई मधेशको बिकास र समृद्धिका लागि यहाँका नब्बे प्रतिशत जनताको आयआर्जन एवं जीविकोपार्जनको मुख्य श्रोत किसानीको समस्या सम्बोधन हुनुपर्छ ।