विप्लव नेकपाका चार नेता रिहा

अर्घाखाँची : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार जना नेता रिहा भएका छन् । रिहा हुनेमा नेकपा अभियान २ का दौरानामा अर्घाखाचीको मणेचौरमा कार्यक्रम गरिरहेको बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबिरुद्ध सोही ठाँउका हिमलाल पाण्डेलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरीमा कार्यालयमा उजुरी परेको थियो ।

हिरासतबाट मुक्त हुनेमा अर्घाखाँची जिल्ला जनसरकार प्रमुख पिताम्बर पाख्रेल, गुल्मी जिल्ला ईञ्चार्ज पुर्णबहादुर सिंह, सोही जिल्लाका सेक्रेटरी खिमबहादुर खड्का र कपिलबस्तु जिल्ला सदस्य टुपलाल पुन रहेका छन् । उनीहरुलाई रिहा गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले बताएका छन् ।