सिक्टा अनियमितताः कार्कीले बुझाए एक करोड १० लाख धरौटी
सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार आरोपमा मुछिएका तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्कीसँग विशेष अदालतले एक करोड १० लाख रुपैयाँ धरौटी माग गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।
अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माणसँग जोडिएका २१ जनाविरुद्ध दुई महिनाअघि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सिक्टाको मूल नहर निर्माणमा ठेकेदार कम्पनी सिटिसिई कालिका र आयोजना निर्माणमा जुटेका कर्मचारीले आठ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तिायारको अभियोगपत्रमा उल्लेख छ ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले मागेको धरौटीबापत एक करोड १० लाख रुपैयाँबराबरको बैंक ग्यारेन्टी बुझाएर कार्की थुनामुक्त भएका छन् ।