बिच सडकमा बरालिन्छन् छाडा पशुचौपाया देख्दैन नेपालगञ्ज उप-महानगरपालिका
बाँके,नेपालगञ्जकाे बिच शहरमा छाडा पशुचैपायाकाे संख्या बडदाे छ । छाडा पशुचैपायाका कारण नेपालगञ्जकाे सडक असुरक्षित बनेकाे छ । खुला रुपमा पशु चौपाया छाडा छोड्ने काम नराेकिएपछि नेपालगन्जको मुख्य बजार तथा सडक लगायतका स्थानमा दुर्घटनाका घटना बड्नेर गरेका छन । पछिल्लो समय छाडा पशुचौपायाको बृद्धी भएसंगै नेपालगञ्जको मुख्य सडकहरुमा खुला चौपायाका कारण दुर्घटनाका घटना बडने गरेका हुन ।
गेटमै घुम्छन छाडापशुचौपाया बेखबर छ उप महानगरपालिका
नेपालगन्ज उपमहानगरपालिका कार्यालय गेटमै छाडा पशुचौपाय बरालिरहेका हुन्छन । अझत मुख्य सडकसंगै जोडिएको उप महानगरपालिकाको गेट अगाडि ओहर दोहर गरिहेका हुन्छन छाडा पशुचौपाया उपमहानगरपालिका भने बेखबर देखिन्छ । गेटसंगै जोडिएको बिपीचोकमा त झन छाडा पशुचौपायका कारण दैनिक दुर्घटना हुने गरेका छन । तर उप महानगरपालिका भने यी छाडा पशु चौपायालाई देखेपनि नदेखे झैँ गरिरहेको हुन्छ । योजनामा ब्यवस्थीत भनिएपनि ब्यवहारत छाडा पशुचौपायलाई ब्यवस्थीत गर्ने सकेको देखिदैन तर यि चौपायाबाट हुने दुर्घटना भने दिनानुदिन बढिरहेका छन ।
थकित मात्रै हैन चकित छन स्थानियबासी
बिपीचोकका स्थानिय बासिन्दा महेशनाथ गुप्ता पशुचौपायका कारण दिनानुदिन दुर्घटना हुने हुने गरेको बताउछन । उनि आँखै अगाडि दैनिक जसाे छाडा पशुचाैपायका कारण दुर्ङटना हुने गरेकाे बताउछन । गुप्ता कस्ले छोडछ किन छोडछ भन्ने कुराका आफुहरु अनबिज्ञ भएपनि छाडा पशुचौपायका कारण शहर दुर्घन्धित र दुर्घटनाको केन्द्र बन्ने गरेको बताउछन । त्यस्तै बिपीचाेकमा ब्यवसाय गरिरहेका सराज इजरिसी खुला पशुचौपायलाई उप महानगरपालिकाले हटाउनु पर्ने बताउछन । उनि ठुला ठुला काम मात्रै भन्दा पनि साना तिना कुरामा ध्यान दिनुपर्ने बताउछन । उनि उपमहानगरपालिका निन्द्रामा भएको आरोप लगाउछन ।
यस्तो भन्छ उप – महानगरपालिका
तर उप महानगरपालिका भने स्पष्ट याेजना भएकाे दावि गर्छ । निति छ याेजना छ काम हुदैछ उप महानगरपालिका नेपालगञ्जका सुचना अधिकारी शरद कुमार पौडेल भन्छन ३ जना उप महानगरपालिकाका कर्मचारीलाई खटाइसकेको छ । पाैडेलका अनुसार सोमबारसम्मा सबै छाडा पशुचौपायालाई हटाइसक्ने समेत दावि गरिएकाे छ । सुचना अधिकारी पौडेलले पशुचौपायालाई ब्यवस्थीत गर्न नेपालगञ्जको कुरैनामा ऐलानी जग्गा लिएर पशुचौपाया सेन्टर निमार्ण गर्न लागिसकेकाे बताए । पौडलले सेन्टरमा करिब ६० वटा खुला तथा छाडा पशु चौपाया जम्मा गरिसकेको समेत बताए । उनले नेपालगन्जका सडकमा भएका छाडा पशुचौपायलाई सोमबारसम्मा हटाइसक्ने दावी समेत गरे ।