गाउँपालिका केन्द्रका लागि स्थानीयबासीले गरे जग्गा दान
कालिकोट,पचालझरना गाउपालिका केन्द्रका लागि स्थानीयबासीले जग्गा दान गरेका छन । पचालझरना गाउँपालिका वडा नं २, ३ र ४ का जग्गाधनीहरुले नि शुल्क रुपमा गाउँपालिकाको लागि ४१००० एकचालीस हजार वर्गमिटर जग्गा दान गरेका हुन ।
केन्द्र निश्चित भएसंगै पचालझरना गाउँपालिकाको सेन्टर प्वाइन्ट औपचारिक रुपमा पडेक्षाचौर कायम भएको छ । केन्द्र जिल्लाकै एक नमूना बन्ने अपेक्षा समेत गरीएको छ ।
पडेक्षाचौरलाई जिल्लाकै नमुना केन्द्रका रूपमा बिकास गर्ने गाँउपालिका अध्यक्ष खडगराज सेजुवाल बिश्वप्रकाशले जानकारी दिए । अध्यक्ष सेजुवालले बिकासका कार्यक्रम समेत तयार भैसकेको बताए ।
यी हुन पडेक्षाचौरमा निर्माण हुने संरचना
१ .जिल्लाकै नमूना रंगशाला बन्ने छ । जसमा प्रत्यक्ष रुपमा तीनलाख बढी संख्या अट्ने र बिभिन्न खेलकुद खेल्न सकिने छ ।
२ .कुल ८०,०००० असीहजार बर्गमिटर वरीपोरी १५ मिटरको रिङरोड र बीचमा ८ मिटरका तीनवटा रोड निर्माण ।
३.जिल्लाकै नमूना र्इ प्र काको लागि समेत जग्गा ब्यवस्थापन ।
४ .१ कि मी नजिकै लाफागाड लघुजलविधुत आयोजना हुने ।
५ .टाउन पलानिङ गरि रिङरोडमा एक एक वटा घडेरीहरु सम्पुर्ण जग्गाधनीहरुको नाममा दिने ।