आजबाट कोहलपुर महोत्सव औपचारीक रूपमा सुरु

आजबाट कोहलपुर औद्योगिक व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन महोत्सव २०७५ औपचारीक रूपमा सुरु भएको छ ।  कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ बाँके कोहलपुरको संयुक्त आयोजनामा ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन महोत्सव २०७५’सुरू भएकाे हो ।

कृषि वन तथा उद्योग र पर्यटनलाई प्रवद्र्वन गर्न स्थानिय तथा स्वदेशी उत्पादनलाई टेवा दिने लक्ष्यका साथ सम्बन्धित व्यवसायमा लागेका उद्योगि व्यापारीहरु र उपभोक्ताहरुलको पहुँचमा वृद्वि गराउने प्रमुख लक्ष्य रहेकाे आयोजक संस्थाले बताएकाे छ ।

माघ २५ गतेसम्म चल्ने महोत्सवको अवलोकन १ लाख ५० हजार भन्दा बढी मानिसहरुले गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सवबाट आम्दानी भएको रकमले उद्योग बाणिज्य संघले बहुउद्देश्यीय भवन निर्माण गर्ने र होटल व्यवसायी संघ बाँके कोहलपुरले भवन निर्माणको लागि जग्गा खरिदमा खर्च जनाएकाे छ । महोत्सवमा औद्योगिक उत्पादन तथा विविध वस्तु तथा सेवाहरुमा जम्मा २ सय ७५ स्टलहरु रहेका छन् । 

यि हुन प्रमुख आर्कषण

कोहलपुर शहर हाम्रो शान, व्यवसायिक प्रवद्र्वन हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सवमा फुडफेस्टीभल प्रमुख आर्कषण  मानिएकाे छ ।  महोत्सवको आर्कषक बाल उद्यान तथा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा विभिन्न साँस्कृतिक कार्यक्रम र हाँस्यब्यङ्ग्यको प्रस्तुति समेत हुने छन  ।  विभिन्न साँस्कृतिक कार्यक्रमहरु गित, लोक दोहोरी तथा नृत्य एवम् हाँस्यब्यगंको प्रस्तुतिको व्यवस्था पनि मिलाईएको बताइएकाे छ ।

किन आएनन प्रचण्ड

नेकपाका अध्यक्ष प्रचण्ड आउने भनिएको उदघाटन समारोहमा आपुर्तिमन्त्री मात्रिका यादब पुगेका छन । अन्तिम समयसम्मा आउछु भनेपनि नेकपाका अध्यक्ष समेत रहेका पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड भने उदघाटन समारोहमा उपस्थीत हुन सकेनन । कार्यक्रम उदघाटन गर्न आपुर्ति मन्त्री मात्रिका यादबले उदघाटन गरेका छन ।  अन्तिम समय आउछु भनेपनि पाबिारिक तथा केहि पार्टी कामको समास्याले प्रचण्ड उपस्थीति हुन नसकेको आयोजकले बताइएको छ ।