अख्तियारकै कर्मचारी ४ लाख घुस लिदालिदै रंगेहात पक्राउ
प्रकासित मिति : २०७५ माघ १३, आईतवार २२:५०
प्रकासित समय : २२:५०
नेपालगञ्ज घुस लिईरहेको अवस्थामा अख्तियारकै कर्मचारी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) जन्म अधिकारीलाई आयोग केन्द्रिय कार्यालयबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको हो ।
अधिकारीलाई ४ लाख घुससहित अख्तियार टोलीले रंगेहात पक्राउ गरेको स्रोतले जनाएको छ । पक्राउ परेका अधिकारीलाई आवश्यक कारबाहीका लागि आइतबार केन्द्रिय कार्यालयमा लगिएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयले भने पुष्टी गरेको छैन ।
आयोगका प्रवक्ता रामेश्वर दंगालले आफुलाई जानकारी नभएको प्रतिक्रिया दिए । आयोग सम्पर्क कार्यालय नेपालगन्जका एक कर्मचारीले भने आफ्नो नाम नछाप्ने शर्तमा उक्त घटनाको पुष्टी गरेका छन् ।