कांग्रेसले गर्‍यो संसद बैठक अवरुद्ध,मयार्दापालकलाई हम्मेहम्मे

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेकाे छ । सरकारमाथि दुई तिहाईको दम्भमा कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै सदन अवरुद्ध गरेको हो।

संसदको मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई बोल्‍न समय दिएका थिए।

प्रकाशमानले सरकारले पूर्वाग्रह ढंगबाट सरकारले दुबै अस्पताललाई बन्द गराउने खोजेको आरोप लगाए। उनले भने, ‘ जबसम्‍म सरकारले उक्त निर्णय उल्ट्याउँदैन। तबसम्‍म संसद चल्‍दैन।’

त्‍यस लगत्तै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गर्न गएका थिए। तर यसलाइ सामाजिक सञ्जालहरूमा साँसदकाे भदा मजाक भएकाे भन्दै चर्काे बिराेध भएकाे छ ।