उच्च पहाडी क्षेत्रमा भारी हिमपात,जनजिवन प्रभावित
उच्च हिमाली तथा पहाडि क्षेत्रमा हिमपात भएको छ । आइतबारदेखि लगातार परेको वर्षाका कारण जाजरकोटकाे बिभिन्न उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएको हो । आइतबार बिहानबाट सुरु भएको हिमपात यो वर्षको पहिलो पटकको हिमपात हो। हिमपातसँगै जाजरकोटमा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ।आइतबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने सोमबार हिमपात भएको थियो।

हिउँले ढाकेकाे पाँचकाटिया
भारतको समुद्री क्षेत्रबाट नेपाल छिरेको ‘हुदहुद’ आँधीका कारण हिमपात भएको हो । हिमपातले गर्दा जाडो बढेपछि बृद्धबृद्धा, बालबालिका र पशुचौपायाँ समेत प्रभावित भएका छन् ।
जाजरकोटका सम्पुर्ण डाडाँकाडा यतिबेला हिउले सेताम्मे भएका छन । पाँचकाटिया, फुलचावली,मचाईन,नहकुलि,हानिसल्ला
लगाएतका पहाडहरूमा ३ देखि ४ फिटसम्मा हिउँ जम्मेको स्थानियले बताएका छन ।
तस्विर डिल्ली थापा ,पाँचकाटिया जाजरकाेट