हेर्दाहेर्दै यसरी चोला फेर्यो रानी तलाउले हेर्नुस १२ तस्विरमा
टन्न उम्रिएको घाँस,गन्हाउने ढलको पानी, जताततै फोहरै फोहर कुनैबेला यस्तो लाग्थ्यो रानी तलाउको पहिचानै यहि हो ।
नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको रानी तलाउले हेर्दाहेर्दै आफनो मुहार बदलेको छ । उप महानगरपालिका मेयर धवलशम्सेरको अगुवाइमा रानी तलाउले मुहार बदलेको स्थानीयले बताएका छन ।
मेयर शमसेरकै अगुवाइमा सरसफाइबाट यसको सम्भारको काम थालिएको थियो । लामो समय लथालिङ्ग बनेको रानीतलाउले जुनी फेरेको छ । अहिले रानी तलाउ निक्कै बिजी छ ।
नगर प्रमुख डा.धवलशमसेर राणा निर्वाचित भएलगत्तै रानी तलाउ जीर्णोद्धार गर्ने अहिले आएर कार्यान्वयनमा आएपछि उपमहानगरभित्रको उक्त तलाउ आकर्षक आन्तरीक पर्यटकीय क्षेत्र बन्न पुगेको छ ।
नेपालगञ्जसँगै रानीतलाउको इतिहास गाँसिएकाले यसको छुट्टै महत्व छ । चार दशक अघिसम्म रानीतलाउको स्वरुप नै अर्को थियो ।
चारैतिर खुला अवस्थाको तलाउ पोखरीमा स्थानीयवासीले नुहाउने, धार्मिक कर्मकाण्ड गर्ने गरेका थिए । त्यसबेला आकाशे पानी जम्मा भएर पनि सफा नै हुने गरेकाले सर्वसाधारणले नुहाउन प्रयोग गर्ने गरेको जानकार बताउँछन् ।
“रानीतलाउमा चार कुनामा रहेका स्तम्भमा पौडी खेल्नेहरुले हामफाल्ने र मध्यभागमा रहेको स्तम्भमा पुगेर विश्राम गर्ने गरेको जानकारहरु बताउछन ।
थुप्रैपटक रानीतलाउलाई ब्यवस्थीत गर्ने योजना बनाइए पनि उक्त प्रयासहरु असफल भएका थिए । तर अहिले सो योजनाले पूर्णता पाएसँगै नेपालगञ्जवासी खुशी भएका छन् ।
२१ वर्षदेखि जीर्ण रहेको नेपालगञ्जको त्रिभुवनचोक पूर्वमा रहेको उक्त तलाउमा डुङ्गा सञ्चालन भएसँगै छिमेकी भारतीय पर्यटकसमेत बढ्न थालेको स्थानीय सालिद हुसेनले बताए ।
“रानीतलाउमा डुङ्गा सयर गरेर मनोरञ्जन लिने पर्यटकको शनिबार धेरै भीड हुन्छ”, उनले भने, “यहाँ घुम्ने पर्यटक खुशी भएर फर्किनुहुन्छ, यसले नेपालगन्जको गौवलाई उच्च पारेको बताए ।
नेपालगञ्ज उपमहानगरको आर्थिक दृष्टिले पनि महत्वपूर्ण रहेको यस तलाउमा छ वटा प्लाष्टिकका डुङ्गा र बालबालिकाले खेल्ने सामग्री राखेर सञ्चालनमा ल्याइएको छ । रानीतलाउ बोटिङ विहार समितिले त्यहाँ प्रवेश गर्न रु पाँच र बोटिङ गर्नका लागि रु २५ टिकट मूल्य तोकेको छ ।
तस्विर – कुसेन्युजका लागि किस्मत अलिसेख ,नेपालगञ्ज,बाँके