जनयुद्धकालीन घाइतेहरुलाई उपचार गर्न गृहमन्त्रालयले जनायो सहमति
विभिन्न माग राखी अनसन सुरु गरेका जनयुद्धका घाइते, अपांग तथा पूर्वलडाकुहरूले आमरण अनसन तोडका छन्। सोमबार गृहमन्त्रालयका प्रतिनिधिसँग चार बुँदे सहमति भएपछि उनीहरूले मंसिर २७ गतेदेखि सुरु गरेको अनसन तोडका हुन्। आजैबाट अनसन तोड्ने र थुनामा रहेका पूर्वलडाकु युवराज विकलाई रिहा गर्ने, गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्नेलाई उपचार गर्ने, सो खर्च सरकारले व्यहोर्नेलगायतका सहमति भएको छ। गृहकाे उक्त सहमतिपछि घाइतेहरुले अनसन ताेडेका छन् ।
छलफलमा चार बुँदे सहमतिपछि गत मङ्सिर २७ गतेदेखि चलेको अनसन तोडिएको हो । छलफलमा अनसन टुङ्ग्याउने, थुनामा रहेका युवराज विकलाई आजै रिहा गर्ने, गम्भीर घाइते तथा तत्काल उपचार गर्नुपर्ने घाइते अपाङ्गको उपचार तत्कालै शुरु गर्ने र नेपाल मेडिकल बोर्डले बाहिर लगेर उपचार गर्न सिफारिस गरेकालाई उपचारका लागि पहल गर्ने सहमति भएको छ ।
४ बुँदे सहमति पत्रकाेे बुँदा नम्बर २ मा जनयुद्धका गम्भीर घाइतेहरुलार्इ विदेशमा उपचार गर्न सकिने कुरा उल्लेख छ । साे बुँदामा भनिएकाे छ, ”नेपाल मेडिकल बाेर्डले देशबाहिर उपचार गर्न सिफारिस गरेका घाइते अपाङ्गलार्इ तत्काल उपचारका लागि पहल गर्ने ।”
यस्तै उनीहरूको अनसन र उपचारको क्रममा लागेको खर्च सरकारले बेहोर्ने, उनीहरूका अन्य मागका सम्बन्धमा सरकारलाई सिफारिस गर्न गृहमन्त्रालय जनक्रान्तिका घाइते अपाङ्ग योद्धा सङ्घका प्रतिनिधि र कानून विज्ञ सम्मिलित एक कार्यदल गठन गर्ने सहमति भएको गृहमन्त्रालयले जनाएको छ ।
कार्यदललाई प्रतिवेदन तयार पार्न तीन महिनाको समय दिइएको छ । छलफलमा गृहमन्त्रालयका तर्फबाट सहसचिव ईन्दु घिमिरे र अनसनरत पक्षका तर्फबाट पदमराज परियार, प्रेमराज गिरी, नरबहादुर रोका, चन्द्रप्रकाश विक र पार्वती पुन सहभागी थिए । सहमतिअनुसार प्रहरीले सामाजिक हितविरुद्धको मुद्धामा पक्राउ गरी हिरासतमा राखेका घाइते याेद्धा युवराज विकलाई अाजै रिहा गरेकाे छ ।
यस्ताे छ सहमति