पोल निर्माणमा जनमुखी कन्ट्रक्शनको अनियमितता
बाँके,राप्ती सोनारी गाँउपालिका १ खोकरीमा निर्माण गरिएको बिधुतको पोलमा अनियमितता भएको स्थानीय बासीले बताएका छन ।
जनमुखी कन्ट्रक्सनले राप्ती नदिको बालुवामा ठडयाइएको पोलमा अनियमितता गरेको बताइएको हो । निर्माण कन्ट्रक्शनले पोल निर्माणमा अौपचारिकता निभाएको स्थानीय बासीको अारोप छ । करोडौंको बजेट बिजुलीको पोलमा सहि ढंगले सदुपयोग नभएको उनिहरूको दाबी छ ।
सामाजिक ग्रामीण बिद्धुतिकरणका कर्मचारीको मिलोमतोमा काममा अौपचारिकता निभाएको बताइएको छ । निर्माणकार्य जनमुखी कन्ट्रक्सनले लिएको थियोे । करिब ३ करोड ४५ लाखमा ठेक्का सम्झौता भएको थियोे । ठेकेदार जनमुखी कन्ट्रकसन राधेश्याम बिष्ट कुसुम ग्रामीण बिधुतिकरण सहकारी संस्थाका अध्यक्ष तेज बहादुर सुबेदी सम्झौता अनुरूप ५ सय पोलहरू निर्माण गर्नुपर्नेमा सम्झौताअनुसारको काम नभएको बस्नेतले बताए ।
स्थानीय नेता तथा सामाजसेवी सन्तोष बस्नेतले स्थानीय सत्ताको अाडमा निर्माण कम्पनीले भ्रष्टाचार गरेको अारोप लगाएका छन । बस्नेतले पोलमा गरिएको अनियमिततालाई सामाजिक सञ्जालमा समेत लेखेका छन ।
यस्तो छ सन्तोष बस्नेतको भनाइ ।
राप्ती सोनारी एक खोकरीमा निर्माण गरिएको बिधुतको पोल लाग्छ पोल हेर्दा राप्ती नदीको बर्सातको भेल नै रोक्छ सायद यही कुबुद्दी र दम्भले कुसुम पछाडी परेको समयमै बुद्धि फिरोस र राप्तीको बिचमा निर्माण गरीएको बिधुत पोललाई सुरक्षित स्थानमा सारीयोस अन्यथा जनताकै इजलास बाट आकस्मिक निर्नयलिन नपरोस । स्मरण रहोस जेल नेल र हतकडी सामान्य हुन।
स्थानीय सरकारले भने योजना अनुरूपको काम भएको दाबी गरेको छ । निर्माण कम्पनीका प्रमुख राधेश्याम बिष्टसंग भने सम्पर्क हुन सकेन ।