जब पूर्वलडाकुले आँसु झार्दै गृहमन्त्रीकै अगाडि विष सेवन गरे
प्रकासित मिति : २०७५ मंसिर ६, बिहीबार ०७:१५
प्रकासित समय : ०७:१५
शान्ति सम्झौताको १२ वर्ष पुगेकै दिन बुधबार तत्कालीन माओवादी एक जना पूर्व लडाकुले गृहमन्त्री राम बहादुर थापा बादलकै अगाडि विष सेवन गरेका छन्। द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए । खान, लाउन समस्या हुँदा पनि पार्टी र सरकारले केही नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर सेवन गरेका थिए ।
गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न गृहमन्त्रालय पुगेका पूर्व लडाकु दुर्गाप्रसाद भट्टराईले आफूहरुमाथि अन्याय भएको भन्दै विष सेवन गरेको गृह मन्त्रालय स्रोतले जानकारी दियो। उनले कीटाणु मार्ने औषधी खाएको बताइएको हाे ।
विष सेवन गरेका उनलाई उपचारका लागि वीर अस्पतालको अाकस्मिक कक्षमा भर्ना गरिएको बताइएकाे छ । १० वर्षसम्म युद्ध लडेको तर अहिले पार्टीले आफूहरूलाई नहेरेको पूर्व लडाकुको गुनासो छ।