युवाहरूको सचेतनाका लागि जिल्लास्तरीय भलिबल प्रतियोगिताको अायोजना

डोल्पा, ठुलोभेरी नगरपालिका वडा नं ८ डाँगीबाडाका युवाहरूले समाज सचेतनाका लागि भलिबल प्रतियोगिताको अायोजना गरेका छन । डाँगीबाडा युवा क्लबले अायोजना गरेको प्रतिगिताले युवाहरूको उतरादायित्व र सामाजिक कर्तब्य बोध गराउने बताइएको छ ।

सामाजमा अनुशासित र गतिशील नागरिक उत्पादन गर्ने उदेश्य सहित जिल्लास्तरीय भलिबल अायोजना गरेको क्लबका अध्यक्ष देब डाँगीले बताएका छन  । उक्त प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट करिब  दर्जन बढि टिमले भाग लगेका छन । 

४० हजार प्रथम पुरूस्कार राशि भएको भलिबल प्रतियोगिता ३ दिनसम्मा चल्ने क्लबका अगुवा तथा डोल्पाका युवानेता तिलक डाँगीले जानकारी दिएका छन ।   क्लबलाई द क्रिपर कन्ट्रक्सनले प्रायोजन गरेको छ ।