२८ वर्ष अघि खारेज भएको ‘प्रतिजासुस विभाग’ ब्युँताउने तयारी
प्रकासित मिति : २०७५ भाद्र ३१, आईतवार ०१:३२
प्रकासित समय : ०१:३२
सरकारले प्रधानमन्त्रीको निर्देशन र नियन्त्रणमा रहने गरी प्रतिजासुस विभाग ब्युँताउने भएको छ। २८ वर्ष अघि बिघटन गरिएको प्रतिजासुस विभाग ब्युँताउने गरी विशेष सेवा ऐन बन्न लागेको हो।
नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा शर्त व्यवस्था गर्न बनेको विधेयक २०७५ तर्जुमा गर्न मन्त्रीपरिषद् बैठकले शुक्रबार नै सहमति दिएको खबर कारोबार दैनिकमा छ।
गुप्तचर निकायलाई शक्तिशाली र दलीय प्रभावबाट मुक्त गराउन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ साल फागुन १६ गते नै गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहतमा ल्याइसकेका छन्।
‘हाम्रो गुप्तचर निकालाई प्रभावकारी र सक्षम बनाउन समयसापेक्ष व्यवस्था गर्न लागिएको छ’ गुप्तचरकै एक उच्च अधिकारीले भने, ‘२८ वर्षअघि खारेज गरिएको प्रतिजासुस विभागलाई पनि ब्युँताएर अघि बढ्ने तयारी छ।’