अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे सिफारिस
संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख अायुक्तमा नवीनकुमार घिमिरेलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले प्रमुख आयुक्तमा पूर्वसचिव घिमिरेको नाम सिफारिस गरेको हो ।
अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरे संसदीय सुनुवाई पछि राष्ट्रपतिबाट प्रमुख आयुक्तमा नियुक्त हुनेछन्। गृह सचिवबाट अवकाश भएपछि घिमिरे चार वर्षअघि अख्तियारका आयुक्त नियुक्त भएका थिए।
यसअघिका अख्तियार प्रमुखदीप बस्न्यात उमेरहदका कारण अवकाश पाएपछि प्रमुख पद रिक्त थियो।घिमिरेको नियुक्तिसँगै अख्तियारले पूर्णता पाउनेछ। संवैधानिक प्रावधान अनुसार अख्तियारमा प्रमुख आयुक्त सहित ५ जना आयुक्त रहन्छन्।
यसैबीच संवैधानिक परिषद्ले अन्य संवैधानिक आयोगमा पदाधिकारीहरुको नियुक्त प्रक्रिया अगाडि बढाएको छ।अन्यआयोगहरुमा उपयुक्त हुने व्यक्तिहरुको सूची तयार पारिरहेको छ।
सूची तयार पार्नका लागि परिषद्ले आवेदन माग गरेको छ। अाएका आवेदनहरुमाथि परिषद्ले छलफल गरी नियुक्ती गर्ने तयारी गरिरहेको छ।हाल ८ वटा आयोगका पदाधिकारीहरु नियुक्त हुन बाँकी रहेका छन्।