एसियाली खेलकुद : प्याराग्लाइडिङमा नेपाललाई रजत पदक
प्रकासित मिति : २०७५ भाद्र १४, बिहीबार ०१:०६
प्रकासित समय : ०१:०६
इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले रजत पदक जित्न सफल भएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो । प्याराग्लाइडिङको उत्कृष्ट प्रदर्शनले नेपाल यसपटक एशियाली खेलकुदमा पदकबिहीन हुनुबाट बचेको छ ।