छानबिनमा वाइड बडी
पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा देखिएका अनियमितताबारे छानबिन सुरु गरेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइ छानबिन थालिएको बताए। निगमले दुईवटा वाइड बडी विमान खरिद गर्दा देखिएका र सार्वजनिक भएका सम्पूर्ण विषयवस्तु छानबिन गर्न लगाएको र समितिले तयार पारेको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने बताए
। सिधै खरिद नगरी दलाल खडा गरेर खरिद गरिएको विषय गम्भीर छ’, अधिकारीले भने, ‘हामी हेर्दैछौं, जे जे कुरा उठेको हो, एक एक गरी हेर्छौं।’ समितिमा निगम सञ्चालक समितिका सदस्य मुक्ति पाण्डे, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक रितेशराज पन्त, निगमकै सञ्चालक समितिका सदस्य सचिव अशोक सिग्देल, प्राधिकरणका विशेषज्ञ पाइलट बीएम अमात्य छन्।