नेकपाको जनबर्गिय संगठनमा भाँडभैलो,कणार्ली प्रदेशमा त झन रोइलैरोइलो

एमाले माओवादीबीच पार्टी एकतापछि दुवै पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला र सबै जनवर्गीय सङ्गठ स्वतः विघटन भएका छन् । जनबर्गिय संगठन बिघटन हुदै गर्दा केन्द्रदेखि प्रदेश, जिल्लासम्मा बिवाद छताछुल्ल भएको छ । बिशेष गरी संगठनको संरचना र पदाधिकारी लागि बिवाद छताछुल्ल भएको हो ।

पुर्व माओबादी बृतबाट जनयुद्ध लडेर आएका पुराना कार्यकर्ताले अाफुहरूमाथी अन्याय भएकाे भन्दै याे नैतिक हिन खेलबाट बाहिरिने चेतावनी दिएका छन । पुर्व एमालेबाट पनि पुराना सिनियर कार्यकर्ताहरुले आफनो दाबी सुरक्षीत गरेका छन । उनिहरूले अाफ्नाे ठुलाे पार्टी भएका कारण अध्यक्ष अाफुहरूकाे हुनुपर्ने बताएका छन । 

कर्णाली प्रदेशकाे राेइलाे

माअाेबादी पकड क्षेत्र मानिएकाे  त्यस्तै कणार्ली प्रदेशमा नेकपाको भातृसंगठनहरूमा त झन बिवादले सिमा नाघेकाे छ । बिभिन्न संघ संगठनहरूले अा अाफ्नै दावी गरेका छन । एकातिर पूर्व माअाेबादी बृतमा जर्नाद्भन शर्मा र शक्ती बहादुर बस्नेत प्यानल अर्काेतिर एमालेमा अाेली र नेपाल पक्षकाे प्यानलले कर्णाली प्रदेश बिवादकाे रारामा डुबेकाे बताइएकाे छ । 

अखिल नेपाल महिला संघमा त झन बिवाद छताछुल्ल भएको छ । पदाधीकारीमा सिनियर कार्यकर्तालाई नहेरी नेताहरुको वरीपरी घुम्नेहरुलाई प्राथामिता दिएको भन्दै बिवाद बाहिर आएको हो । केन्द्रिय सदस्य देखि प्रदेश अध्यक्षसम्मा बिवाद छताछुल्ल भएकाे छ । कर्णाली प्रदेशमा पुर्व एमाले र पुर्व माअाेबादी बृतका कार्यकर्ताकाे राेइलाेले सिमा नाघेकाे उच्च स्राेतले बताएकाे छ

। पुर्व एमाले र पुर्व माअाेबादीबाट  युवा,बिद्यार्थी,महिला लगायतका जनबर्गिय संगठनकाे नेतर्त्व हात पार्न हानथाप चलिरहेकाे बताइएकाे छ ।  कसैको हुक्के चम्चे नबन्ने भन्दै कार्यकर्ताहरूले बिवाद छताछुल्ल पारेका छन । त्यस्तै अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा कालीकोटकी पुरानी कार्यकर्ता अल्किना बम बविताले आफ्नो सामाजिक वालमा यस्तो लेखेकी छन ।

यस्ताे छ उनकाे बिचार 

जनयुद्धको महिला आन्दोलन कसैको निजि जग्गाको चल्ती लाल पुर्जा होइन । यसमा सहिदको रगत जेल जीवन बिताएर आएका महान योद्धाको बलिदानी साथै घाइते साथीहरूको योगदानले यहाँ पुगिएको हो । एकताको नाममा भैरहेका नैतिक हिन खेल पछाडी म कहिल्यै दौडिने वाला छैन तर जुन खेल खेलिदैछ त्यो खेलमा उनिहरुकै जित होस् तर हामीले पनि आन्दोलनको नेतृत्व लिने बेला आउला यो हेरौला ।

नेकपाको उच्चस्रोतका अनुसार जनबर्गिय संगठन अखिल नेपाल महिला संघ र अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियनमा देखीएको बिबाद समाधान नभएको जनाएको छ । उता नेकपाका केही नेताले ३ महिनाभित्र पार्टीको सबै तहका सङ्गठनात्मक संरचनाले पूर्णता पाउने बताइरहेका छन् ।

एकतापछि जनवर्गीय संगठन तथा अन्य कमिटीको एकीकरणका लागि अन्तरपार्टी निर्देशिका जारी गरेको छ । निर्देशिकाले जनवर्गीय संगठनको एकीकरणका लागि तीन महिनामा अधारभूत कार्य सम्पन्न गर्न समय समेत निर्धारण गरेको छ ।