रामकुमार शाही ( क्षितिज समर्पण) को अभिनयमा डेब्यु-हेर्नुस् (भिडियो सहित)

एक दशकदेखि पत्रकारितामा सक्रिय रामकुमार शाही (क्षितिज समर्पण)ले अभिनयमा पनि पाइला चालेका छन् । उनले अभिनय गरेको तीज गीत ‘क्यारम मायालाई’को म्युजिक भिडियो बिहीबार मात्र सार्वजनिक भएको छ । साहित्य लेखनमा पनि सक्रिय जाजरकोटका पत्रकार शाहीको यो पहिलो म्युजिक भिडियो हो । उनी अहिले काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका छन् । उनका आगोका फूलहरु–२०६७, कैफियत (संयुक्त)–२०७० गरि दुईवटा गजलसंग्रह पनि प्रकाशित छन् ।

शाहीले लोकप्रिय गायिका सुनिता अधिकारीको गीतमा अभिनय गरेका हुन् । उनलाई अभिनयमा गायिका अधिकारीले पनि साथ दिएकी छन् । शाही सुनिताको श्रीमानको भूमिकामा छन् । शाहीले यसअघि रेडियो नाटक तथा सडक नाटक पनि गर्दै आएका थिए । पानको मिसीको सफलतापछि सुनिताले आफ्नो आठौं गीतका रुपमा क्यारम् मायालाई बोलको तीज गीत बजारमा ल्याएकी हुन् ।

शिव हमालको लय÷शब्द र रहेको गीतको चर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले निर्देशन गरेका हुन् भने चर्चित निर्देशक तथा कोरियोग्राफर प्रकाश भट्टले करियोग्राफी गरेका छन् । जुन निकै आकर्षक देखिन्छ ।

यसैगरी, राजेश घिमिरे, पुकार तिमिल्सिना र रामेश्वर ढकालले क्यामरामा जादु चलाएका छन् । गीतको अडियो तथा भिडियो साइन मिडिया प्रालिले गरेको हो भने दृश्य निर्माण साइ भिजन प्रालिले गरेको हो । गीतको सम्पादन विष्णु शर्मा र संगीत संयोजन कृष्ण विकले गरेका छन् ।

हेर्नुस भिडियाे