शताब्दीकै लामाे चन्द्रग्रहण : विभिन्न ठाउँबाट यस्ताे देखियाे ‘ब्लड मुन’
शुक्रबार राति शताब्दीकै लामाे पूर्ण खग्रास चन्द्रग्रहण लाग्याे । यो ग्रहण झण्डै ४ घन्टा (३ घन्टा ५५ मिनेट)काे थियाे । मध्यरात १२ बजेर ९ मिनेटमा सुरु भएकाे ग्रहण १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिएकाे र भने ४ बजेर ४ मिनेटमा ग्रहण सकिएकाे नेपाल एस्ट्राेनाेमिकल साेसाइटिले जनाएकाे छ ।
यसपटकको चन्द्र ग्रहण हल्का रातो वा तामा रंग देखिएकाे थियाे । यसलाई ‘ब्लड मुन’ अर्थात रक्तचन्द्र भन्ने गरिन्छ । नेपाल, भारतसहित एसिया, अस्ट्रेलिया, रुससहित युरोप तथा केही अफ्रिकी देश र उत्तर अमेरिकाका अधिकांश ठाउँबाट यो चन्द्र ग्रहण देखिएको हाे ।
अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि १ घण्टा ४३ मिनेटसम्म अर्थात् दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा राताे देखेकाे बताएका छन् । विश्वका विभिन्न स्थानबाट अवलाेकनकर्ता तथा विभिन्न समाचार माध्यमले खिचेका केही कलात्मक तस्वीर यहाँ साभार गरिएकाे छ-