त्रिभुवन विमानस्थलबाट एक करोडको सुन बरामद, दुई भारतीय पक्राउ
प्रकासित मिति : २०७५ श्रावण ७, सोमबार ०१:०८
प्रकासित समय : ०१:०८
एक करोड भन्दा बढीको सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । शनिबार बैंककबाट थाई एयरको टीजी ३१९ विमान चढेर काठमाडौं आएका भारतीय नागरिक इमरान र आरिफ अलिलाई महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गरी ८ थान सुनसहित विमानस्थलको आगमन क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनीहरुले मलद्वारभित्र लुकाएर उक्त परिमाणको सुन भन्सार छलेर लैजान खोजेका थिए।
त्रिभुवन विमानस्थलका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार शनिबार बरामद गरिएको सुनलाई नापतौल तथा मूल्यांकनका लागि विमानस्थलको भन्सार कार्यालय पठाइएको थियो। यो खबर आजको नगरिक दैनिकमा छापिएको छ ।