खोला आसपासका बासिन्दा सतर्क रहन मौसम विभागको आग्रह
प्रकासित मिति : २०७५ असार ३०, शनिबार ०१:१९
प्रकासित समय : ०१:१९
जल तथा मौसम विज्ञान विभागले बूढानीलकण्ठ आसपासमा ठूलो वर्षा भइरहेको र विष्णुमती नदीमा समेत बहाव बढ्ने सम्भावना भएको भन्दै खोला आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
विभागका अनुसार काठमाडौँको धोवीखोला, बागमती, सालिनदी, मनोहरा लगायतका नदीक्षेत्रमा आकस्मिक बाढी आउने सम्भावना रहेको छ । विभागका अनुसार काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा ठूलो वर्षा शुरु भएको छ भने शिवपुरी, सुन्दरीजल, साँखु लगायतको क्षेत्रमा समेत वर्षा शुरु भएको छ ।