आयोजक रसियालाई हराउदै क्रोएशिया सेमिफाइनलमा

आयोजक रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल प्रवेशका लागि क्रोएशियाले आज टाइब्रेकरसम्म कुर्नुपर्‍यो ।उसले टाइब्रेकरमा रसियालाई उसको घरेलु मैदानमा ४-३ ले हराएको हो।

टाइब्रेकरमा रसियाले २ पेनाल्टी गुमाउन पुगेको थियो। निक्कै नै आक्रमक र प्रतिष्पर्धात्मक भएको आजको खेलमा रसियाले गोल गर्दे अग्रता लिएको थियो।

खेलको ३८ औं मिनेटमा चेरिसेभले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए। तर उसको अग्रतालाई क्रोएशियाले खेलको ३९ औं मिनेटमा गोल गर्दै बराबरी गरिदियो। क्रोएशियाका लागि करामारिकले गोल गरेका थिए।

पहिलो हाफ १-१ को बराबरी खेलेका रसिया र क्रोएशिया दुबैले दोश्रो हाफमा गोल गर्न आक्रमण एकअर्काको पोस्टमा गरेपनि गोल गर्न असफल भए र खेल अतिरिक्त समयमा धकेलियो।

अतिरिक्त समयमा धकेलिएको खेलमा १०१ मिनेटमा डिडेले गोल गरे र क्रोएशियालाई अग्रता दिलाए। तर १ गोलबाट पछाडी परेको रसियाले यहि नतिजामा क्रोएशियालाई खेल सुम्पेन। उसले खेलको ११५ मिनेटमा बराबरी गोल फर्कायो र आफ्नो सेमिफाइनल प्रवेशलाई पुन: जीबित पार्‍यो। रसियाका लागि सो सञ्जिबनी गोल फर्नानडेजले गरेका थिए।