गुण्डा गर्दीमा संलग्न ४ जना पक्राउ
काठमाडौं । केही दिन देखि काठमाडौंको गोगंवु, नयंँ बसपार्क, वालाजु क्षेत्रमा गुण्डागर्दी गर्ने ४ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
केही अपरिचित गुण्डा जस्ता देखिने व्यक्तिहरुले उक्त क्षेत्रका होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुल्दै हिड्ने र विभिन्न व्यक्तिसंग झै झगडा गरि अशान्ति सिर्जना गर्ने गरेको भन्ने स्थानियको उजुरीको आधारमा काठमाडौं प्रहरी परिसर टेकुको प्रहरी टोलीले बुधबार राती उनीहरुलाई उनीहरुलाई पक्राउ हो ।
पक्राउ पर्नेमा जिल्ला नुवाकोट लिखु छहरे वडा न २ घर भइ हाल मनमैजु वस्ने वर्ष २९ को सुरेश डंगोल, नुवाकोट पंन्चकन्या वडा न २ घर भइ हाल गणेशस्थान गोगंवु वसपार्क वस्ने वर्ष ३२ को राज कुमार ढुंगाना,रोल्पा सुखिदह वडा न २ हाल टोखा वुद्द टोल वस्ने वर्ष ३० को राम कुमार घर्ति र गोर्खा घर भइ हाल टोखा वस्ने वर्ष २९ को भिम वहादुर थापा रहेका छन् । हाल उनीहरुलाई प्रहरी परिसर टेकुमा राखी थप अनुसन्धान भइरहेको प्रहरी परिसर टेकुका प्रवत्ता प्रहरी नायव उपरीक्षक मोहन कुमार थापाले जानकारी दिए ।