जब आफनै शरीरको रगतले धर्ति रंगियो
आफ्नै जिवनका कथाहरूले पनि कहिलेकाँही निशब्द गराँउछन । हो त्यस्तै भएकी छु आज धेरै समयपछि कापी र कलमको सहारामा उभिने प्रयत्न गरेकी छु । मानौँ यो घढि मेरा लागि निक्कै पिडादायक छ ।
कुन शब्दबाट सुरू गरौँ निशब्द छु भावविहल छु ,मौन छु ,आफैले बिरता पुर्वक लडेका इतिहास सम्झिदै टोलायर बसिरहेकी छु । भन्दा पत्यार नलाग्न सक्छ । जो गन्तव्य बिहिन यात्रि झै , बिचबाटोमा रनभुल्ल परेका यी पलहरू पखेटा काटिएका चरा जस्तै अनुभुतिहरू, न त उडेर गन्तव्यमा पुग्न सकिन्छ ,न त हिडेर नै सम्भव छ , आँखाभरि सजाइयका सुन्दर सपनाहरु खोसिएका छन असरल्ल र त रित्तो छु रित्तो लागिरहेछ यो समय एक्लो छु एक्लै छन अनुभुतिका डिब्बाहरू पनि । यस्तो लाग्दैछ सबै चिज गुमाएकी छु । सर्वोस्व लुटिएकि छु, किन कि आज म त्यो अबस्थामा छैन जो हिजो थिएँ ।
समयले
रातारात कोल्टो फेरि सकेको छ । देशले नयाँ रुपरंग बदलेको छ । त्यो दिन, त्यो अबस्था, त्यो परिवेश सम्झिदा आफैलाई दिवा सपना झै लाग्छ । जुन त्यो मध्य रातमा घनघोर जंगलमा शरीर भरि टुइन्च मोटारका बिशालु छर्राहरु बोक्दै आफ्नै तातो रगतले लत्पतिएकि थिएँ । घाउहरु नुन चुक छरे झैँ गरि चहरार्इ रहेका थिए । शरीर पुरै झमझमाउदै थरथर कापिरहेको थियो । असैय दुखाइका कारण पानी पानी भन्दै छट्पटाई रहेकि थिएँ ।
हात र खुट्टा भरि छिया छिया भएका थिए । उभिन त के उठ्न सम्म नि नसकि लर्बराउदै लडिरहेकि थिए । ठिक आजकै दिन २०६२रअसार १० गते राति बर्दियाको रम्बापुर बेश क्याम्प रणमैदानमा परिणत भयको थियो । जहाँ दुईटै पक्षबाट भिषण बम बाडिङ भइरहेको थियो । अत्याधुनिक हतियारका बिशालु गोलिहरु कानै वरिपरिबाट चुई चुई गर्दै जान्थे । आफ्नै नजिकैबाट धर्ती हल्लिने गरि बमहरु पट्किन्थे , तत्कालीन शाहि नेपाली सेना मजबुत फोट्टिफेकेसन अनि पर्याप्त युद्ध सामांग्रि सहित बसेका थिए भने हामी पनि त्यस्तै तयारीमा त्यहाँ पुगेका थियौँ । हमला गरेर कब्जा गर्नु मुख्य उदेश्य थियो । आगो ओकल्दै रक्तिम इतिहास निर्माण गर्ने लालसिपाहिहरु ,युद्ध ट्याक्टिस अपनाउदै घनिभुत ढंगले आ(आफ्नो मोर्चा समाहालि रहेका थियौ ।
समयले
रातारात कोल्टो फेरि सकेको छ । देशले नयाँ रुपरंग बदलेको छ । त्यो दिन, त्यो अबस्था, त्यो परिवेश सम्झिदा आफैलाई दिवा सपना झै लाग्छ । जुन त्यो मध्य रातमा घनघोर जंगलमा शरीर भरि टुइन्च मोटारका बिशालु छर्राहरु बोक्दै आफ्नै तातो रगतले लत्पतिएकि थिएँ ।
हाम्रो २१ नम्बर बटालियनको ब् कम्पनी फष्ट एसाल्ट थियो । हाम्रो द्य कम्पनी दोस्रो एसाल्ट ग्रुप थियो । फष्ट एसाल्ट ग्रुप अगाडि लडिरहेको थियो र हाम्रो एसाल्ट ग्रुप तयारी पोजिसनमा थियो । म त्यतिबेला प्लाटुन कमान्डरको हैसियतमा थिए । मेरो प्लाटुन पनि लडाँर्इको तयारी पोजिसनमा थियो । आ(आफुसँग उपलब्ध युद्ध सामांग्रिहरु तयारि गरिरहेका थियौ । तराईको भुगोलले गर्दा लडाइँ निकै चुनौति पुर्ण थियो । कसैले आकलन गरे जस्तो सजिलो थिएन । ठिक त्यहि बेला अगाडि बाट खबर आयो , फष्ट एसाल्ट कम्पनी कमान्डर क।चर्चित लगायत धेरै जना साथिहरु शहिद भइसक्नु भयो ।
धेरै साथिहरु घाइते भइसक्नु भएको छ । अब दोस्रो एसाल्ट ग्रुप अगाडि बढनु पर्यो भन्ने खबर आयो । त्यो खबर मेरो प्लाटुनलाई जानकारी गरायर म र मेरो सहयोगी बहिनी रनिता एउटा ठुलो रुखको आड लिदै हतियार चेक गर्दै बसेका थियौ । त्यहि बेला माथि रुखमा टुइन्च मोटार को सेल झ्याम्मै पट्किएको आवाज आयो अनि एकै छिनमा मेरो हातमा भएको हतियार क्ीच् भुइँमा खसेछ । म पनि भुइँमा पछारिएछु । मलाई थाहा भयन कि म घाइते भए भनेर, रुखको फेदको साहारा लिदै उठ्न खोजे सकिन । शरीर पुरै रगतले तातो भएर आयो अनि पुरै शरीर झमझमायो । रिगंटा लागेर भुइँ मा ढलेछु । म सँग भएको बहिनीलाई सोधे रनिता मलाई के भयो । किन रिगंटा लागिराछ भन्दा बहिनीले मलाई उठाउदै भन्नुभयो दिदी हजुर घाइते हुनु भएको छ । भन्दा झसङ्ग झस्किए यसो हातमा हेरे अध्याँरो थियो । त्यहि पनि भुल्भुल्ति रगत बगेको देखे अनि अरु केही थिएन । पकेटमा हाते रुमाल थियो त्यहि रुमालले बेरे,बेर्नुको खासै कुनै अर्थ त थिएन किन कि बगिरहेको रगत त्यो सानो रुमालले रोक्न सक्ने अबस्था नै थिएन । हातमा त रुमाल बेरे तर खुट्टामा बेर्ने केही थिएन । बेरेर सम्भव पनि थियन । किन कि माथि देखि पैताला सम्म छिया(छिया भएको थियो ।
अनि मैले बोकेको हतियारको नाल नै बाङ्गो भएको थियो । मेरो हतियार र आफ्नो हतियार बहिनीले बोक्नु भयो । मलाई काँधमा झुन्डाउदै घाइते सप्लार्इ ग्रुप कहाँ लग्नु भयो । सप्लार्इ ग्रुपले स्वास्थ्य ग्रुपसम्म पुर्याउँदा आधा घण्टा जत्ति लाग्यो होला त्यो आधा घण्टा भित्र रगत कति बग्यो भनेर अनुमान नै लगाउन सकिन्न । शरिर मेरो बस भन्दा टाढा गैसेकोको थियो । स्वास्थ्य ग्रुप कहाँ पुर्याँउदासम्म म बेहोस भइसकेछु । बेहोसको तालमा मेरो हतियार छुट्यो ,मेरो हतियार छुट्यो भन्दै मेरो प्लाटुन सहायक कमान्डर विकिरणको नाम लिदै विकिरण ग्रुपलाई नछोड्नु है भन्दै के के बोलेछु पत्तै भएन साथीहरू पछाडि कुरा सुनार्इरहनु भएको थियो ।
मलाई थाहा थिएन शरीरबाट धेरै रगत बगेका कारण एकदमै छट्पटी भइरहेको थियो । पानी प्यासले आकुल ब्याकुल हुदै पानी पानी भनिरहेको रहेछु । पानी खादा झन धेरै रगत बग्छ भनेर स्वास्थ्य को साथिहरुले अलि अलि मुख मात्रै भिझाउनु हुदोरहेछ ।
र्दुइ र्ढाइ लिटरको जर्किनमा ग्लोकुज पानी बनाएको रहेछ च्याप्पै त्यो जर्किन समाएर पुरै पानी नसकिय सम्म पिएछु । साथीहरु पछि कुरा गर्दै हुनुहुन्थयो । अनि केही समय पछि होस आयो यता उता हेरेको त स्वास्थ्य ग्रुपका आव्हान दाइ र शुवास दाइलाई देखे, आब्हान दाइले मलाई सान्त्वना दिन केही चिन्ता नगर्नु शुभेच्छा बहिनी ,तपाईंको हतियार ग्रुपमा सुरक्षित छ । अगाडि साथिहरु लडिरहनु भएको छ । अब हामी छिट्टै लडाइँ जित्छौ भन्नू भयो । साच्चै हतियारको यति माया लाग्थ्यो कि आफ्नो जिवन भन्दा बढी प्यारो लाग्थ्यो । हतियारसँग रगतको साइनो जोडिएको थियो । हजारौं शहिदहरुको रगतले साटिएका थिए । त्यसपछि मेरो घाउहरुमा ड्रेसिङ गरेर पट्टि बाध्नु भो ।
अनि रगत बग्न रोकियो । फेरि त्यहाबाट मलाई पछाडि पठाइयो । मुख्य रोडमा सानो सानो बजार थियो । त्यतै लगियो घाइतेहरु सबै त्यहीँ जम्मा भएका थिए । मलाई एउटा डोरिले बुनेको खटियामा सुताइयो । मेरो नजिक अर्को खटियामा मेरै कम्पनीको भाइ स्वाभिमान हुनुहुन्थ्यो । भाइलाई नि गोलिले दाहिने खुट्टाको कुर्कुचाको भाग पुरै लिएको थियो । त्यहि बेला गलत रिपोर्टका कारण अगाडि ग्रुप पुरै ब्याक भइसक्यो अब लडाइँ नजितिने भयो । चारै तिरबाट शाहि नेपाली सेनाले घेरा हालिसक्यो अब हामी जत्ति सक्यो छिटो यहाँबाट हिड्नु पर्छ भने खबर आयो ।
घाइतेको लागि बस,ट्याक्टरहरु जम्मा गरिएको थियो । हिड्न सक्ने सबै घाइतेहरु गए र बसमा बसे तर उहाँ भाइ र म हिड्न त के बस्न पनि सक्ने अबस्थामा थिएनौ । भाइ आत्तिदै दिदी सबै जना गइसके हामि मात्रै छुट्छौ क्या हो । भन्न थाले । अनि मैले भने नआत्तिनुहोस भाइ देश र जनताको लागि रक्तदान त गरिसक्यौ अझै जिवनदान गर्नु परे पनि केही छैन किन कि क्रान्तिकारीहरुका लागि मृत्यु स्विकार्य छ ।
यदि हाम्रो भागमा मृत्यु नै परेको छ भने पनि हाँसि हाँसि मृत्युवरण गरमला यति मात्रै बोले धेरै बोल्ने अबस्थामा थिइन । केही समय पछि घाइते सप्लाई ग्रुपको कमान्ड गर्नुभएको कमिसार क.सिहराज आउनु भयो र हामीलाई बसमा लिनु भयो । तर दुर्भाग्य खुट्टा खुम्च्याउन नमिल्दा भाइलाई र मलाई ट्याक्टरमा राखियो ट्याक्टरको पछाडि पराल बिछ्याइएको थियो ।
टन्नै घाइते साथिहरु ऐया ऐया भन्दै कराई रहनु भयको थियो । घाइतेहरुको चित्कार अनि टयाक्टरको यात्रा आफनो शरीरको दुर्खाइ अँह त्यो समयको कुरै गर्न मन लाग्दैन । राति हुदा खासै देखिएन जब उज्यालो हुदै गयो अनि कसैका हात छैनन् कसैका खुट्टा छैनन् , कसैका आँखा छैनन् । बाफरे वाफ एकदमै भयावह र अत्यास लाग्दो अबस्था थियो । सबै रक्तमुक्षल अबस्थामा थियौ । हामीलाई त्यहाँबाट जंगलको कच्ची बाटो हुदै राष्ट्रिय निकुञ्जको घनघोर जंगलमा ल्याइयो । त्यहाँ डिभिजन भरिका घाइतेहरु थिए ,। खाना खायर आ आफ्नो बिग्रेट र बटालियनका घाइतेहरुको जिम्मा लिदै हिड्न सक्ने घाइतेहरु हिड्नु भयो र बाँकि नसक्ने घाइतेहरु कोहि बासको स्टेचरमा र काटेको डोकोमा साथिहरुले बोक्नु भयो ।
त्यति धेरै घाइतेहरु मध्य सानो पातलो र हल्का बोक्न सजिलो म नै थिए । अरु साथिहरु मोटो ठुलठुला हुनुहुन्थ्यो । त्यसैले मलाई बोक्न त्यति गार्हो थियन । घाउहरु दुखेर शरीर हल्लाउन मिलिरहेको थियन । त्यहि पनि कमिलाको ताँति झै अंग भंग भयर रक्ताम्य भएका साथिहरु कोहि स्टेचरमा ,कोहि काटेको डोकोमा अनि कोहि हातमा लठ्ठी टेक्दै दुखलाई हाँसोमा बदलेर ठट्टा गर्दै हिडिरहेका बेला घाउहरु दुखेको महसुस हुदैन थियो ।
गर्व लाग्थ्यो , आफ्नै तातो र रातो रगतमा संगिनको चुच्चो चोपेर रक्तिम सुन्दर इतिहास लेख्ने सौभाग्य मिलेकोमा , दुई तीन दिनको स्टेचरको कठिन यात्रा पछि हामी कैलालीको सोल्टा भन्ने गाउँमा पुग्यौं । सुरक्षाको दृष्टिले त्यहाँ ठिक थियो , डिभिजनको स्वास्थ्य ग्रुपको कमान्डर क.निराजन रावलको कमान्डिङ्गमा हामी घाइतेहरुको उपचार त्यहि भयो । १ महिना सम्म निकै कष्टसँग बित्यो । जो अरुको साहारा बिना खाना खान सक्ने अबस्था पनि थिएन ।
त्यतिबेला यस्तो लाग्थ्यो अब म अरुको जस्तै गरि कहिले हिड्न सक्ने छैन । यस्तै अपांग जीवन जिउनु पर्ने भयो । निक्कै निरास अबस्थामा थिँए । किन कि एक महिना सम्म खुट्टा फोल्डिङ्ग गर्न मिलेको थिएन । दिशा पिसाब गर्दा पनि ३ जना मान्छेको साहारामा बाहिर भित्र गर्नु पर्थ्यो । दायाँ हात घाइते हुदा घाँटिमा झुन्ड्याइएको थियो । अनि दायाँ खुट्टा माथि देखि पैताला सम्म छियाछिया भएका कारण हल्लाउन मिलेको थिएन । निकाल्न मिल्ने छर्राहरु सबै निकालियो नसकेका बाकी नै थिए दुई तीन महिना पछि निकालियो र अझै पनि हात र खुट्टामा कैयौं छर्राहरु बाकि नै छन।
हुनत अहिले समयले कोल्टे फेरिसकेको छ । यी गोलीका छर्राहरु युद्धको उपहार स्वरुप सम्झिदै बसी रहेकी छु बाँकी स्वास्थ्य अबस्था बारे सोधखोज नगर्नुस ? घाइते सपना र घाइते शरीरको पिडाको बारेमा केहि शब्र्दै छैनन म सित यस्तै यस्तै अबस्थामा बसीरहकी छु । घाइते हुँदा धमकाले कानको जालि पनि गयो । मुटुमा पनि त्यस्तै असर पर्यो । जसका कारण ३ वर्ष सम्म रेगुलर औषधि खाए पछि मुटु ठिक भयो । , कानको पनि अप्रेसन गरियो अहिले आउदा असरहरु देखिरहेकै छन ।
दायाँ खुट्टाको घुडाको भाग चलेको छैन पुरै लठिएको छ , चिसो याममा खपिनसक्नु दुखाइ हुन्छ । आखिर जे भए पनि देश र जनताको लागि बलिदान गरेका थियौ भन्ने कुराले सान्त्वना लिनुको बिकल्प देख्दिन । सबै पिडाहरु आन्दोलन कै बिचबाट सहज भएर गए तर दुख यो मानेमा लाग्छ कि म जस्तै हजारौं घाइते अपांगहरुको उचित व्यवस्थापन हुन नसक्दा र देशलाई यो अबस्थामा ल्याई पुर्याउने वीर योद्धाहरु अरबका खाडि मुलुकहरुमा जिवन र मृत्युुसँग लडिरहेको देख्दा पहुँच भएकाहरुको हालिमुहालि भएको देख्दा खिन्न महशुस हुन्छ ।
पावर नभएका साथिहरुको बिचल्ली देख्दा एकदमै दुख लाग्छ । हाम्रो बलिदान माथि कुठाराघात भइरहेको अनुभुति हुन्छ । हुनत जीवन नै संघर्ष हो ,संघर्ष बिनाको जीवन अधुरो र अपुरो छ। हिजो देश र जनताको लागि संघर्ष गरियो ,अहिले आफ्नो लागि संघर्ष गरिरहेकि छु । जब सम्म यो घाइते जीवन जिबित रहन्छ तब सम्म संघर्ष जारि रहने छ । देश र जनताको लागि गरिएको बलिदानमा खासै पश्चातप छैन पश्चताप यो मानेमा छ दिनदाहाडै सपनाहरुको हत्या हुनुले स्वार्थका लागि इतिहासको हत्या गरेको हुनले निक्कै खिन्न छु ।
लेखकपुर्व जनमुक्ति सेना तथा घार्इते याेद्भा हुनुहुन्छ ।।