पोल्यान्डलाई समूह चरणबाटै सुटुक्क घर पठायो कोलम्बियाले
प्रकासित मिति : २०७५ असार ११, सोमबार ००:३३
प्रकासित समय : ००:३३
कोलम्बियाले रुसमा जारी फिफा विश्वकप २०१८ को समूह एचको खेलमा पोल्यान्डलाई सानदार रुपमा पराजित गरेको छ। आइतबार राति भएको खेलमा पोल्यान्ड कोलम्बियासँग ३-० गोल अन्तरले पराजित भएको हो।
यो हारसँगै पोल्यान्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। कोलम्बियालाई खेलको ४०औँ मिनेटमा येरी मिनाले अग्रता दिलाएका थिए।
पहिलो हाफ एक शून्यको अवस्थामा सकिएको थियो भने दोस्रो हाफमा कोलम्बियाले थप दुई गोल गर्यो र आफ्नो नकआउट चरण प्रवेशको सम्भावना खुलै राख्यो। दोस्रो हाफमा कोलम्बियाका राडामेल फल्काओले ७०औँ र ७५ औँ मिनेटमा जुआन चुवाड्राडोले गोल गरेका थिए।
गोल खाएपछि बिछिप्त पोल्यान्डका खेलाडी अब समूह एचबाट नकआउट चरणमा प्रवेशका लागि कोलम्बिया, सेनेगल र जापानको सम्भावना रहेको छ। यी तीनमध्ये दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् जसको टुंगो समूहका अन्तिम खेलले लगाउनेछन्।