ब्राउन सुगर सहित नेपाली सेनाका सेनानी पक्राउ
प्रकासित मिति : २०७५ असार १०, आईतवार ०१:२७
प्रकासित समय : ०१:२७
जिल्ला प्रहरी कार्यालय बाँके र इालाका प्रहरी कार्यालय कोहलपुरको संयूक्त टोलिले ढकेरीको एक होटलबाट ब्राउन सुगर सहित दुई जनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राप्ति सोनारी गाँउपालीका ९ का रेम पौडेल र नेपाली सेनामा कार्यरत सेनानी धिरेन जंग शाही रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ परेकाहरुका साथबाट ५४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ ।