पेनाल्टी मिस गरेको पेरु डेनमार्कद्वारा पराजित

विश्वकपमा शनिबार भएको खेलमा डेनमार्कले पेरुलाई पराजित गरेको छ। तुलनात्मक रुपमा राम्रो प्रदर्न गरेको पेरुका लागि कुनै पनि खेलाडीले बललाई गोलपोष्टमा छिराउन सकेनन्। यतिसम्म की पेरुका खेलाडीले पेनाल्टीलाईसमेत गोलमा रुपान्तरण गर्न सकेनन्। पेरुले ४५ औँ मिनेटमा पेनाल्टी पाएको थियो।

तर त्यसलाई सदुपयोग गर्न सकेन। डेनमार्कका लागि युसुफ पउलसेनले ५९औँ मिनेटमा खेलको एकमात्र गोल गरेका थिए। समूह सी को एक खेल विजेता पेरु समूहको शीर्षस्थानमा पुगेको छ। पेरुले अर्को खेल फ्रान्सविरुद्ध र डेनमार्कले अर्को खेल अष्ट्रेलियाविरुद्ध आगामी बिहीबार खेल्ने तालिका छ।

शनिबार भएको पहिलो खेलमा फ्रान्स २-१ले अष्ट्रेलियासँग विजयी भएको थियो भने दोस्रो खेलमा अर्जेन्टिनाले आइसल्यान्डसँग एक एक गोलको बराबरी खेलेर अंक बाँडेको थियो।