स्वास्थ्य मन्त्रालयमै ५०० प्याकेट सुर्ती बरामद
प्रकासित मिति : २०७५ असार २, शनिबार ०२:०२
प्रकासित समय : ०२:०२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रहरीले दुई महिनाको अवधिमा सातसय थान सुर्तीजन्य पदार्थ बरामद गरेको छ। मन्त्रालयलाई सुर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गरे पनि कर्मचारीकै कारण कार्यान्वयनमा समस्या भइरहेको छ।
नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार मन्त्रालयले १६ वैखाख ०७४ मा मन्त्रालय हाताभित्र सुर्तीजन्य पदार्थ निषेध गरेको थियो। त्यसयता मन्त्रालय परिसरमा दुई प्रहरीले खानतलासी गर्दै आएका छन्।
बरामद भएका सुर्तीजन्य पदार्थमध्ये सबैभन्दा बढी सूर्ती छ। ४७० प्याकेट सुर्ती, १७४ प्याकेट गुट्खा र १३० खिल्ली चुरोट बरामद भएको मन्त्रालयमा कार्यरत प्रहरी हवल्दार चन्द्र हमालले बताए