छापा वैदेशिक रोजगारीको पीडा, पाँच वर्षमा पाँच हजार ८९२ शव
प्रकासित मिति : २०७५ असार २, शनिबार ०२:०४
प्रकासित समय : ०२:०४
वैदेशिक रोजागरीमा जाने नेपालीहरूको काम गरिरहको देशमा नै मृत्यु हुनेको तथ्यांक डर लाग्दो छ। श्रम, राजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार सन् २०१७ मा मात्रै वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया पुगेका ९५७ नेपालीको मृत्यु भएको समाचार शनिाबारको कान्तिपुर दैनिकमा छ।
पछिल्लो नौ वर्षको अवधिमा मात्रै वैदेशिक रोजगार प्रवर्द्धन बोडमा पाँच हजार ८९२ जना कामदारको मृत्यु भइसकेको अभिलेख छ।
जसमा १२७ महिला छन्। मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी मलेसियामा दुई हजार १५४, साउदी अरबमा एक हजार ६३८, कतारमा एक हजार २०३, यूएईमा ४२७ र कुवेतमा १८६ जना रहेका छन्। बाँकीको अन्य मुलुकमा मृत्यु भएको हो।