अखिल क्रान्तिकारीका अध्यक्ष ढकालको गिरफ्तारविरुद्ध देशभर मशाल जुलुस

अखिल क्रान्तिकारीका अध्‍यक्षसहित तीन नेताको गिरफ्तारीविरुद्ध देशभर मशाल जुलुस निकालिएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिक र विद्यार्थी नेता प्रकाश सुनारलाई प्रहरीले सोमबार दिउँसो काठमाडौंको जोरपाटीबाट गिरफ्तार गरेको थियो ।

अखिल क्रान्तिकारीले गिरफ्तारीविरुद्ध अहिले साँझ देशभर मशाल जुलुस निकालेको छ । काठमाडौंमा दिउँसै विद्यार्थी नेताहरु सडकमा निस्केका थिए भने साँझ मशाल जुलुस निकालेका छन् ।

त्यसैगरी नवलपुर, नवलपरासी, धनगढी, अछाम, महेन्द्रनगर, नेपालगंज, विरगंजलगायत देशभर तत्काल रिहाइको माग गर्दै विद्यार्थीहरुले मशाल जुलुस निकालेका छन् ।

यसअघि ८ विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति निकालेर तत्काल रिहा नगरे कडा अान्दोनलको घोषणा गर्न बाध्य हुने चेतावनी दिएका थिए । उनीहरुले अाफूहरुको अान्दोलन कमजोर पार्ने उद्देश्यले सरकारले ढकालसहितका विद्थार्थीहरुलाई गिरफ्तार गरेको बताएका थिए ।