स्वस्थ्य क्षेत्रमा सरकारले लगानी बढाउनु पर्छ- सांसद तामाङ

 काठमाडौ जेठ २७ । नेकपाका नेता एवम् सांसद हित बहादुर तामाङले सरकारले निजि क्षेत्रको लगानीलाइ सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने बताएका छन ।

ललितपुरको सानेपास्थित स्टार हस्पिटलको निरीक्षण गर्दै नेपालमा स्वास्थ्य क्षेत्र एक्दमै संवेदनशील क्षेत्र भएकोले सरकारि लगानीमात्र प्रर्याप्त नभएकोले निजि क्षेत्रहरुको लगानीलाई बढाउनु पर्नेमा जोड दिए । तामाङले स्वास्थ्य क्षेत्र सरल सहज तरिकाले प्रत्यक्ष जनताकाे पहुचमा पुग्नु पर्ने समेत बताए । 

सांसद तामाङले आफ्नो पार्टी सरकारमा भएकोले आफ्नो तर्फबाट गर्नु पर्ने सबै आवश्यक पहल कदमी सम्बन्धित निकायहरुमा राख्ने समेत प्रतिबद्धता ब्याक्त गरे ।