चीनले सीमा नाकामा दुई पुल बनाइदिने

चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुल बनाइदिने भएको छ। प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेण्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाइदिने चिनियाँ प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको समाचार कान्तिपुरले छापेको छ।

तातोपानी रसुवागढी दुवै स्थानमा पुराना पुल भत्काएर नयाँ निर्माण गरिदिने प्रस्ताव चिनियाँ पक्षले गरेको थियो। नयाँ पुलको लम्बाइ र प्रकारबारे प्राविधिक अध्ययन हुन बाँकी छ।

चीनले रसुवागढी केरुङ नाकामा ठूलो पुल निर्माण गर्न लागेको छ। रेलमार्गलाई समेत ध्यान दिएर मितेरी पुल निर्माण गरिने अधिकारीहरूले जनाएका छन्।