अब‘भुँडे’ सेनालाई बढुवा र शान्ति मिसनमा रोक

नेपाली सेनामा कार्यरत ‘भुडे’ सैनिक अधिकारीहरु बढुवा र शान्ति मिसनबाट बञ्चित हुने भएका छन्। मोटोपन र दुब्लोपना अध्यधिक भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा रोकिने मात्रै होइन, शान्ति सेनालगायत स्वदेश तथा विदेशमा हुने तालिमबाट समेत उनीहरु बञ्चित हुने समाचार अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशन गरेको छ।

सैनिक मुख्यालयले आफ्नो सैनिकको स्वास्थ्य वर्गीकरणसम्बन्धी कार्यविधिमा तोकिएको मापदण्डविपरीत तौल भएमा त्यस्ता सैनिक अधिकारीहरुको बढुवा नहुने र शान्ति सेनामा जानबाट समेत वञ्चित हुने उल्लेछ छ।

कार्यविधिले आफ्नो स्वास्थ्यमा ख्याल नराख्ने, जथाभावी खाने, आवश्यक व्यायम नगर्ने सैनिक अधिकारीहरुलाई नियमन गर्नेछ। केही उच्च सैनिक अधिकारीहरु कार्यविधि कार्यान्वयनमा आएपछि तौल घटाउन क्लब नै जान थालेका छन्।