रोकिएन भारतीय एसएसबीको दादागिरी

दार्चुला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ४ दिनअघि भारतीय एसएसबीको कुटाईबाट महाकाली नगरपालिका–१ छापरी मलेराका ५२ वर्षीय नन्दनराम लोहार गम्भीर घाइते भए ।

दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा बिहीबार भारतीय सीमा सुरक्षा बल एसएसबीले नेपाली नागरिक लाेहारमाथि निर्घात कुटपिट गरेकाे थियाे । उनकाे अाँखामा गम्भीर चाेट लागेकाे छ भने छातीमा घाउ भएकाे छ ।

यसरी लाेहारलार्इ कुटपिट गरेको एक साता नबित्दै आइतबार अपराह्न महाकाली नगरपालिका– ७ कञ्चनभोज निवासी २६ वर्षीय उत्तम सुनारलाई पनि सीमावर्ती बजार मेलाघाटमा भारतीयहरूको एक समूहले निर्घात कुटपिट गरेको छ।

खटिमाको बैंकबाट पैसा झिकेर फर्किने क्रममा उनीमाथि कुटपिट भएकाे हाे । कुटपिटका कारण सुनारकाे दायाँ हात, खुट्टा र टाउकोमा समेत गम्भीर चोट लागेको छ।

भारतीय एसएसबीको कुटाईबाट घाइते लोहार दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित नेपाल–भारत जोडने झोलुङग पुलमा भारतीय एसएसबीको कुटाईबाट घाइते भएका महाकाली नगरपालिका–१ छापरी मलेराका ५२ वर्षीय नन्दनराम लोहार । तस्बिरः किरण धामी, दार्चुला, रासस