मेलम्ची खानेपानी अायोजना : माछो – माछो भ्यागुतो

हाति आयो हाति आयो फुस्सा जस्तै भएको छ । काठमाडौबासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानीको रामकहानी पनि । बिभिन्न बहानामा अलपत्र परेको मेलम्चीखानेपानी आउदो दशैमा काठमाडौ पुग्ने बताइए पनि कामको गति हेर्दा करिब करिब नपुग्ने निश्चित प्राय भएको छ । लक्ष्य भेट्ने अन्तिम बिन्दुमा पुग्न लागेपछि पटक पटक अवरोध भएका कारण आउदो दसैंमा मेलम्चीको पानी काठमाडौं नजाने निश्चित प्रायः भएको छ । भूकम्पलगायत विभिन्न कारणले ढिला भएको र क्षतिपूर्तिवापत एक अर्ब ६५ करोड रुपैयाँ ठेकेदार कम्पनी (सीएमसी )ले दाबी गरेका कारण र्निधारीत समयमा पानी काठमाडौं नपुग्ने देखिएको हो ।

खानेपानीमन्त्री बिना मगरले साइट अवलोकनका क्रममा काठमाडौंमा पानी झार्ने तालिका बनाएर काम गर्ने भनिए पनि ठेकेदार कम्पनीले आलटाल गर्दा थप अन्योल भएको हो । मन्त्रीको सपथ लिएलगत्तै कानुनमन्त्री शेरबहादुर तामाङसंगै खानेपानीमन्त्री मगर मेलम्ची आएर दसैंमा मेलम्चीलाई काठमाडौं पु¥याउने प्रतिबद्धता जनाएकी थिइन् । तर त्यो प्रतिबद्धता प्रतिबद्धतामै सिमित भएको छ । मेलम्चीमा अहिलेसम्म बाध निर्माणकार्य सुरु नै भएको छैन । कुल २७ मध्ये करिब २१ किलोमिटर सुरुङ ढलान गर्ने काम बाकी छ । अहिले दैनिक औसत ३० मिटरमात्रै ढलानको काम भइरहेको छ ।

यही गतिमा काम भए निर्धा्रित समयमा पानी काठमाडौं नपुग्ने निश्चित छ । अहिले भइरहेको कामको गति हेर्दा ढलानको काम सम्पन्न हुन मात्रै सात सयभन्दा बढी दिन लाग्ने देखिन्छ । सुरुङभित्र ‘फिनिसिङ’को काम सम्पन्न भए अस्थायी बाँध बनाएर पानी आपूर्ति गराउने योजना भए पनि यो असम्भव देखिएको हो । ठेकेदार कम्पनी सीएमसीले दाबी गरेको मध्ये आयोजनाले २८ करोड रुपैयाँ दिइसकेको छ । आयोजनाले चट्टान काट्ने कामका लागि सो रकम दिएको जनाएको छ ।

चट्टान काट्ने काम सुरुङद्वार आसपास भएको थियो । तर, सीएमसीले भने आफूले दाबी गरेको पूरै रकम पाएमात्र कामको गतिलाई तीव्रता दिने बताउदै आएको छ । ठेकेदार कम्पनीबीच रकमको विषयलाई लिएर तनाव उत्पन्न भएपछि बैठक बोलाइएको आयोजनाले जनाएको छ । ठेकेदारले विभिन्न बहानामा साइटमा काम गर्नेसंग समन्वय नगरेकाले मेलम्चीको काम अघि नबढेको हो । सम्बन्धित ठेकेदार पक्षको सहमतिअनुसार अब टनेल इन्भर्ट लाइनिङ र फाइनल सपोर्ट, हेडवक्र्स र पानी पठाउने अन्य संरचना, टनेल मोनिटरिङ प्रणाली र तथ्यांक प्रणालीमा सूचना, एयर भेन्टिलेसन, भर्टिकल साइट स्थापना र पानी डाइभर्सन गर्ने काम पनि बाँकी छ ।

२७ किमि लामो सुरुङको गत चैत २७ गते सिन्धु–ग्याल्थुम खण्डको साढे सात किमि ब्रेक भएको थियो । यता, स्थानीयवासीसमेत रुष्ट छन् । आयोजनाले अम्बाथानबाट पानी लगेवापत प्रभावित स्थानीयवासीलाई दिने भनिएको सुविधा अझै प्रदान गरेको छैन । चौतर्फी दबाबमा परेपनि ठकेदार कम्पनी र सरकारको आबश्यक समन्वयको अभावका कारण पानी समयमा नपुग्नु दुखद कुरा हो । यसको लागि सम्बन्धीत निकायहरु गम्भीर हुन जरुरी छ ।