सीमामा राेकिएन एसएसबीको दादागिरी, फेरि कुटिए नेपाली !

दार्चुला सदरमुकाम खलंगाको नेपाल भारत जोड्ने सीमा नाकामा फेरि भारतीय सीमा सुरक्षा बल एसएसबी ले नेपाली नागरिकमाथि ज्यादती गरेको छ ।

नेपालको दार्चुला र भारतको धार्चुलाबीचको सीमा पुलको भारतपट्टि एक नेपाली मजदुर निर्घात कुटिएका छन् ।

महाकाली नगरपालिका मलेरा घर भएका ५२ बर्षीया नन्दराम लोहार भारतीय एसएसबीबाट गम्भीर घाईते हुनेगरी कुटिएका हुन् ।,आजको नागरिक दैनिकमा यो खबर छ ।