सिंहदरबारमा कर्मचारी थोपर्न ५४ विभाग

स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव भइरहेका बेला सरकारले केन्द्रमा कर्मचारी थोपर्न संघमा ५४ विभाग राख्ने प्रस्ताव गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको प्रस्तावमा संघीय प्रशासनमा ५४वटा विभाग बनाउन सिफारिस गरेको छ।

संगठन तथा व्यवस्थापन सर्वेक्षण रिर्पोट (ओएमम०)ले ३४ विभाग स्वीकृत गरेको छ। बाँकी १९ विभागबारे छलफल भइरहेको मन्त्रालय स्रोतको भनाइ छ। यसैगरी वनस्पति विभागसमेत थप्ने तयारी भइरहेको पनि मन्त्रालयले जनाएको छ।

ओएनएमबाट स्वीकृत विभागमा राष्ट्रिय तथ्यांक विभाग, आन्तिरक राजस्व विभाग र भन्सार विभागलगायतका रहेका छन्। ओएनएसमा सर्भे अघि ६३ विभाग थिए। मन्त्रालयले तीममध्ये ९ विभागलाई मर्ज गरेर ५४ विभाग प्रस्ताव थरेको स्रोतको भर्नाइ रहकाे नागरिक दैनिकमा समाचार छ।