अझै कानुनी मान्यता पाएन एमाले र माओवादी केन्द्रबीचको एकीकरणले
प्रकासित मिति : २०७५ जेष्ठ २२, मंगलवार ०१:३२
प्रकासित समय : ०१:३२
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन । काठमाडौं, जेठ २२ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकीकरणले अझै कानुनी मान्यता पाउन सकेको छैन ।
राजनीतिक रुपमा एउटै दलकै रुपमा नेकपाका नाममा काम गर्न थाले पनि निर्वाचन आयोगले एकीकरणपछिको दल दर्ता प्रमाणपत्र दिइसकेको छैन । आयोगले दल दर्ता प्रमाणपत्र नदिँदासम्म कानुनी रुपमा दुई दल एक भएको मानिन्न ।
दुई दलले एकीकरण कै दिन जेठ ३ गते दल दर्ता प्रक्रियाका लागि आयोगमा निवेदन दिएका थिए । कानुनमा ४५ दिनभित्र दर्ता प्रक्रिया सुरु गर्न सकिने प्रावधान रहेकाले आयोग निर्णय दिन हतारिएको छैन । –कान्तिपुर दैनिकबाट